
कुरिनटार, ६ जेठ । चितवनको एक मात्र गाउँपालिकाका इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले पदभार ग्रहण गर्नुभएको छ ।
शुक्रबार पदभार ग्रहण गर्नुभाएको हो । पदभार ग्रहण गरेको दिननै उहाँले पहिलो निर्णयको रुपमा विपन्न वर्गको पहिचान गरि स्वास्थ्य बिमा गर्ने निर्णय गनुृभएको छ । चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुचमा पुर्याउन गाउँपालिका भित्रका विपन्न वर्गको पहिचान गर्ने र उनीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको बताउनुभयो ।
इच्छाकामना गाउँपालिकामा यसपटकको स्थानीय तह निर्वाचनबाट नेकपा एमालेबाट अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्ष, २१ जना सदस्य, नेपाली काँग्रेसबाट १ वडाध्यक्ष, ५ जना सदस्य र माओवादी केन्द्रबाट १ वडाध्यक्ष, २ सदस्य निर्वाचित भएका छन्।
यस्तै गाउँपालिकाको नवनिर्वाचित उपाध्यक्ष र वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरुको आगामी सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराइने उहाँले बताउनुभयो ।