देश / समाज

बालकोटमा बम विस्फोट

बालकोटमा बम विस्फोट
काठमाडौँ ,१२मंसिर । भक्तपुरको बालकोटमा मंगलबार साँझ विस्फोट भएको छ। साँझ साढे सात बजेतिर सकेट बम विस्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालकोटको खाली जग्गामा तर्साउनको लागि विस्फोट गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको छ।

बाम गठबन्धलाई जिताउन जुटे ईच्छाकामनाका यूवाहरु

बाम गठबन्धलाई जिताउन जुटे ईच्छाकामनाका यूवाहरु
ईच्छाकामना १२ मंसिर ।  बाम गठबन्धन ईच्छाकामनाको यूवाहरुको संयुक्त भेला सम्पन्न भएको छ । ईच्छाकामना ४ कुरिनटार स्थित सम्पर्क कार्यालयमा बाम युवाहरुको संयुक्त भेला सम्पन्न भएको हो । भेलामा बाम गठबन्धन निर्वाचन अभियानका संयोजकद्वय प्रताप गुरुङ, डिवि गुरुङको लगायतको आतिथ्यमा समपन्न भेलामा चुनावी प्रचार प्रसार तथा निर्वाचनका बेला कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल गरेका थिए । भेलामा विभिन्न वडा र टोलका संयोजक तथा अगुवा बाम युवाहरुले रिपोर्टिङले गरेका थिए । युवाहरुले चितवन क्षेत...

आज ३२ जिल्लाका मतपेटिका सिलबन्दी भईसक्ने, यसरी गरिदैँछ सुरक्षा

आज ३२ जिल्लाका मतपेटिका सिलबन्दी भईसक्ने, यसरी गरिदैँछ सुरक्षा
काठमाडौं, १२ मंसिर । प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणअन्तर्गत आइतबार सम्पन्न निर्वाचनको अधिकांश मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा जम्मा गरिएको छ । हिमाली र उच्च पहाडी क्षेत्रका दुर्गम स्थलमा आइतबार ढुवानी गर्न नसकिएका मतपेटिका हेलिकोप्टरबाट हिजो ल्याइएको निर्वाचन आयोगले जनाएको छ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा व्यवस्था मिलाएको छ ।पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने प्रबन्ध मिलाइए...

हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित पाँच जना प्रहरी घाइते

हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलटसहित पाँच जना प्रहरी घाइते
काठमाडौं, १२ मंसिर । हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।विमानस्थलबाट उडान भर्ने क्रममा विमान दुर्घटना भएको प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा पाइलट अमित गुरुङसहित पाँचजना प्रहरी घाइते भएका छन् । निर्वाचन सम्पन्न गरेर प्रहरी लिएर सुर्खेत आउने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सिमीकोटमै उपचार भइरहेको छ । उद्दार जारी छ । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति भएको छ । विमान ...

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
काठमाडौं, १० मंसिर । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आज सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा भएको मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको मिडिया सेन्टरले जनाएको छ। यो आँकडा अझ बढ्न सक्ने आयोगको अनुमान छ। आयोगले सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको उल्लेख गरेको छ।चार हजार चार सय ६५ मतदान केन्द्रमा मतदान भएकोमा केही स्थानमा छिटफुट घटना हुनु बाहेक...

नारायणकाजी र बाबुरामले गरे मतदान

नारायणकाजी र बाबुरामले गरे मतदान
गोरखा, १० मंसिर । गोरखा क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्यमा बामगठबन्धनका साझा उमेद्वार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। बिहान ७ स्३० बजे आफ्नै गाउँ रहेको सिरान्चोक गाउँपालिका ८ स्थित जौबारीको परोपकार आदर्श माविमा सबै भन्दा पहिलो उनले मतदान गरेका हुन्। त्यस्तै उनका प्रतिस्पर्धी तथा पूर्व सहकमी लोकतान्त्रीक गठबन्धनका उमेद्वार डाक्टर बाबुराम भट्टराईले पनि पालुंटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरिसकेका छन् ।

३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको मतदान सुरु

३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको मतदान सुरु
१० मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत आईतबार विहान ७ बजेबाट ३२ जिल्लामा मतदान सुरु भएको छ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुने छन् । ३ असोज ०७२ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुट्किलोका रूपमा निर्वाचन लाई लिइएको छ । यो निर्वाचन सम्पन्नपछि ११ वर्ष लामो राजनीतिक संक्रमण अन्त्य हुनेछ । विहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । ...

३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि आज मतदान

३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि आज मतदान
काठमाडौं, १० मंसिर ।आज ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान हुँदै छ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ । संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव हुन लागेको हो । आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् । जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ । यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन् । प्रदेश...

चितवनको समग्र विकास हामी गछौं : उम्मेदवार पोख्रेल

चितवनको समग्र विकास हामी गछौं : उम्मेदवार पोख्रेल
शिशिर सिंखडा खोलेसिमल, चितवन, ९ मंसिर । नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समग्र विकास संयुक्त वामपन्थी गठबन्धनले मात्र गर्न सक्ने बताएका छन् । चितवनको कालिका नगरपालिका क्षेत्रमा आज भएको घरदैलोको क्रममा पदमपुर ५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले चितवनको समग्र विकासको खाका हामीले तयार गरेको भन्दै निर्वाचन पछि गठन हुने वामपन्थी सरकारले जनपक्षीय काम गरी अगाडि बढ्ने बत...

गोविन्दले कांग्रेसलाई जिताउ भन्दै गीत गाए (भिडियो सहित)

गोविन्दले कांग्रेसलाई जिताउ भन्दै गीत गाए (भिडियो सहित)
चितवन, ९ मंसिर । कांग्रेसलाई जिताऔँ भन्दै गोविन्दबाबु रिजालले गीत गाएका छन् । आगामि मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा उम्मेद्वारहरु प्रतिनिधी सभामा शेषनाथ अधिकारी प्रदेश सभा ‘क’ मा जीतनारायण श्रेष्ठ र ‘ख’ मा प्रकाश अधिकारीलाई रुख चिन्हमा भोट हाली जिताऔ भन्दै गित गाएका हुन् । उक्त गीतमा शब्द, लय र संगीत रिजालले नै गरेका हुन् । भिडियो https://www.youtube.com/watch?v=9X5sRk2KlYM