अघिल्लो सरकारको निर्णय देउवा सरकारले उल्टाउदाँ बूढिगण्डकी आयोजना अन्यौलमा : सांसद अधिकारी
गोरखा, २६ पुस । गोरखा क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य हरीराज अधिकारीले सरकारको निर्णयले बूढिगण्डकी जलबिद्युत आयोजना निर्माणमा अन्यौलता देखिएको बताउनु भएको छ । भिमसेन गाउँपालिका वडा नम्बर ७ स्थित श्री सरस्वती माध्यामिक बिद्यालयको ५८ बार्षिक उत्सव कार्यक्रममा बोल्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो ।
अघिल्लो सरकारले गरेको निर्णय देउवा सरकारले उल्ट्याएका कारण जनतामा आयोजना बन्छ की बन्दैन भन्नेमा अन्यौला बढेको उहाँको भनाई छ । सांसद अधिकारीले नयाँ सरकार गठन हुने बित्...