चितवन, २१ पुस । चितवनका शैक्षिक परार्मश दिने संस्थाहरुको साझा संस्था शैक्षिक परामर्श संघ इक्यान चितवनको अध्यक्षमा हिम्मत पूरीले उम्मेदवारी घोषणा गरेका छन् ।
भरतपुरमा हुने इक्यानको अधिवेशनमा पूरीले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । इक्यान चितवनको सचिव रहेका पूरीले अगामी २ बर्षे कार्यकालका लागि उम्मेदवारी दिएको बताए ।
चितवन इक्यानको इतिहासमा नै पहिलो इक्यान चितवन शैक्षिक मेला सफलतापूर्वक सम्पन्न गर्न संयोजक रुपमा पूरीको भूमिका महत्वपूर्ण रहेको छ । वैदेशिक शिक्षालाई मर्यादित र व्यवस्थित एवम् कानुन सम्वत बनाउन पूरीले खेलेको भूमिका महत्वपूर्ण छ ।
अध्यक्षका उम्मेदवार पूरीले विद्यार्थीहरुको शैक्षिक शुल्क बीमाको लागी पहल गर्ने, स्थानीय रुपमा रहेका शैक्षिक परामर्श व्यावसायीहरुलाई संस्थामा आवद्ध गराउने, उनीहरुको वैधताका लागि सहयोगी बन्ने, शैक्षिक परामर्शदाता संस्थाहरुलाई विभिन्न देश संग सम्वन्धि परामर्श तालिमहरु प्रदान गर्ने,संस्थाहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्ने तालिम प्रदान गर्ने, इक्यानमा आवद्ध सदस्य संस्थाहरुबीच सामुहिक लगानीको अवधारणा बनाउने, एक वर्ष भित्रै व्यवसाय अनुसन्धान तथा प्रवद्र्धन समिती गठन गर्ने एजेण्डा तय गरेका छन् ।
बैदेशिक शिक्षा मार्फत विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्न भरपर्दो शैक्षिक परामर्श संघ बनाउने अध्यक्षका उम्मेदवार पूरीले बताए ।
हेरौँ पुरा प्रतिवद्धता :

= विद्यार्थीहरुको शैक्षिक शुल्क विमा को लागी इक्यानकेन्द्र संग सहकार्य गरी राज्य संग नितीगत लाडाई लड्ने ।
= स्थानीय रुपमा रहेका आम शैक्षिक परामर्श व्यावसायीहरुलाई संस्थामा आवद्ध गराई संस्थालाई मजवुत वनाउने ।
= कार्यलयलाई नयाँ व्यावस्थापकीय ढंगले अगाडी वढाउने जसको लागि आबश्यक श्रोत साधन सहयोगको लागी पहल गर्ने ।
= इक्यान चितवन शाखामा आवद्ध शैक्षिक परामर्शदाता संस्थाहरुलाई विभिन्न देश संग सम्वन्धि परामर्श तालिमहरु प्रदान गर्ने ।
= इक्यान मा आवद्ध सदस्य संस्थाहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सो संग संवन्धित तालिमहरु प्रदान गर्ने ।
= विभिन्न देश कलेज तथा विश्वविद्यालयहरु संग सम्वन्धित आयोजना गरीने सभा, सम्मेलन तथा सेमिनारहरुमा आवद्ध सवै संस्थाहरुलाई समेट्न प्रयास गर्ने ।
= विद्यार्थीहरुको भाषा तथा लेखन दक्षता अभिवृद्धी का लागि इक्यान स्तरीय अंग्रेजी, जापानीज तथा अन्य भाषा संग सम्वन्धित वक्तृत्वकला तथ लेखन प्रतीयोगीतहरु आयोजना गर्ने ।
= राष्ट्रियस्तरका र राष्ट्रिय रुपमा आयोजना हुने कार्यक्रमहरुमा इक्यान लाई उपस्थिती गराउने ।
= इक्यानमा आवद्ध सदस्य संस्थाहरुविच सामुहिक लगानीको अवधारणा वनाई, संभावित व्यावसायीक क्षेत्रको खोजी, अध्ययन तथा अनुन्धान गरी सामुहिक पुँजी लगानी को निति तय गर्ने र त्यसको लागी एक वर्ष भित्रै व्यावसय अनुसन्धान तथा प्रवद्र्धन समिती वानाई काम अगाडी वढाउने । त्यसको लागि इक्यान केन्द्रमा पनि पहल गर्ने ।
= संस्थामा आवद्ध सदस्य संस्थाहरुलाई आधारभुत लेखा प्रणाली तथा कर सम्वन्धी तालीम प्रदान गर्ने ।
= अमर्यादित तथा अव्यवस्थित व्यवसायीक प्रचार प्रसार लाई निरुत्साहीत पार्ने तथा आवद्ध सदस्य संस्थाहरुलाई संघको आचारसंहिता पूर्ण रुपमा पालना गर्न लगाउने ।
= विशेष कार्यक्रमका विच गरीव, जेहेन्दार, अनाथ तथा जिल्लामा सर्वोकृष्ट विद्यार्थीहरुलाई इक्यान छात्रवृती कार्यक्रम सञ्चलन गर्ने ।
= इक्यान दिवस को अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न समाजिक कार्य हरु गरि इक्यान दिवस मनाउने ।
= तेस्रो इक्यान चितवन शैक्षिक मेलाको आयोजना गर्ने । र देश विशेष जस्तै अष्टे«लीया, जापान, न्युजिल्याण्ड शैक्षिक मेला आयोजना गर्ने ।
= आवद्ध संस्थाहरु विच सद्भाव कायम गर्न सद्भाव वनभोज कार्यक्रम तथा अन्य कार्यक्रमहरुको आयोजना गर्ने ।
= शिक्षाविदहरु तथा सम्वन्धित सरोकारवालाहरु संग स्वदेशी तथा विदेशी शिक्षाको आवश्यकता, महत्व, चुनौति र अवसर विषयक शैक्षिक वहस सम्वन्धि कार्यक्रमहरु गर्ने ।
= आवद्ध सदस्य संस्थाहरुलाई व्यक्तित्व विकास तथा अभिमुखीकरण सम्वन्धि तालिम प्रदान गर्ने ।
= शैक्षिक परामर्शको क्षेत्रमा देखीएको विभिन्न राजनितिक तथा गैह्र राजनितिक तवरले हुने चन्दा संकलनलाई व्यवस्थित गर्ने गराउने ।
= संभावित दैविक प्रकोप, असाहय, अनाथहरुको लागि सहयोगार्थ राहात कोष खडा गर्ने र उक्त कोषको लागि इक्यान चितवनको आम्दानीको निश्चित प्रतीशत तथा संस्थागत रुपमा स्वेच्छाले जम्मा गर्न सक्ने गरी जगेडा कोषको व्यवस्था गर्ने ।
= संस्थालाई उजागर गर्न इक्यान र निजामती अधिकृत स्तरीय, सञ्चारकर्मी तथा इक्यान स्तरीय तथा, इक्यान शाखा स्तरीय मेैत्रीपुर्ण, खेलकुद कार्यक्रमको आयोजना गर्ने ।
= कार्यालयको कर्मचारी तथा कार्य सतिमीलाई व्यवस्थापकिय तालिम प्रदान गर्ने ।
= बिभिन्न व्यवसायीक क्षेत्रहरु जस्तै होटल, सञ्चारमाध्यम , हस्पिटल तथा अन्य क्षेत्रहरुसंग समन्वय गरी संघमा आवद्ध सदस्य संस्थाहरुलाई विशेष छुट तथा सहुलियतको लागि पहल गर्ने तथा आधिकारीकता प्रदान गर्ने इत्यादी ।, धन्यवाद ।