गोरखा , २१ पुस । केन्द्र सार्ने तयारीको बिरोधमा भिमसेन गाउँपालिका सर्घष समितिले गरेको गाउँपालिका बन्द आवहान्का कारण आज त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बन्दले भिमसेन गाउँपालिका क्षेत्र भएर चल्ने सवारी साधन, शिक्षण सस्थाहरु पसल बजारहरु खुलेनन् । बन्दले गाउँपालिका भित्र पर्ने साविकको अश्राङ, बोर्लाङ धावा, तान्द्राङ, बगुवा, मसेल गा.विस प्रभावित भएको हो । बन्दको अबेज्ञा गरेको भन्दै आन्दोलनकारीले तान्द«ाङमा ना १२ प ९०१० नम्बरको मोटसाईकल र लु ३ त ३६३३ नम्बरको ट्याक्टर तोडफोड गरेको प्रहरीले जनाएको छ । भिमसेन गाउँपालिका वडा नम्बर ५ बगुवामा रहेको गाउँपालिका केन्द्रलाई मसेलको घ्याम्पेसालमा सार्ने तयारी भएपछि स्थानियबासीहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका हुन् । हिजो सर्घष समितिले गाउँपालिका अध्यक्ष इश्वर पाण्डे, कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् । संर्घष समितिले गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले किर्ते कागज बनाएर गाँउपालिकाको केन्द्र सार्न मन्त्रालयमा पठाएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । उनिहरुले राज्य पुर्नसंरचना निर्धारण आयोग र जिल्लाका क्रियाशिल राजनीतिक दलहरुको सहमतीमा भिमसेन गाउँपालिकाको केन्द्र वगुवा तोकेको भएपनि अहिले अध्यक्ष पाण्डेले आफुखुशी केन्द्र सार्न खोजेको बताउदै आएका छन् । उनिहरुले भौगौलिक दुरी, उपयुक्त भूगोल सवै दृष्टिकोणले गाउँपालिका केन्द्र बगुवा नै उपयुक्त भएको भन्दै केन्द्र सार्ने निर्णय तत्काल सच्चाउन माग गरेका छन् ।