तोकेभन्दा १२ लाख बढी शुल्क असुल्दै चितवन मेडिकल कलेज
चितवन, ११ माघ । चितवन मेडिकल कलेज भरतपुरले एमबिबिएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा १२ लाख बढी लिने गरेको पाइएकोे छ । ट्युसन, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा कलेजले थप शुल्क लिएको अनुगमनका क्रममा भेटिएको हो ।आजको नयाँपत्रिका दैनिकमा दिपेन्द्र अधिकारीले खबर लेख्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार गरेको अनुगमनमा कलेजले एमबिबिएस अध्ययनका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजारबाहेक विभिन्न शीर्षकमा थप १२ लाख लिने गरेको भेटिएक...
