विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो,२२ घाइते
काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) युएस बंगलाको एक विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।
उनकाअनुसार ४० जनाको विमानस्थलमै र ९ जनाको उपचारकाक्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।
८ जनाको सिनामंगलस्थित केएमसी र एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्...