गोरखा,२० फागुन।गोरखाको राईनाशमा सम्पन्न होली विशेष अन्तर क्लब फुटबल प्रतियोगिता त्रिवेणी यूवा क्लब इच्छाकामना ४ मुग्लिन चितवनले जितेको छ । आज आईतबार भएको फाइनल खेलमा आयोजक नव स्मृति यूवा परिवार (ए) सहिद लखन गाउँपालिका ४ राईनाश गोरखालाई २–० गोल अन्तरले पराजित गर्दे प्रतियोगिता जितेको हो । ।
१७ टिम सहभागी प्रतियोगितामा आयोजक टिम नव स्मृति यूवा परिवार राइनाश (ए) दोश्रो तथा कुरिनटार क्बले तेश्रो स्थान हासिल गरेका छन ।
पहिलो र दोश्रो हुनेलाई खसी र प्रमाण पत्र तथा तेश्रो हुनेलाई बोका र प्रमाण पत्र प्रदान गरिएको छ ।
एक हप्ता अघि मात्र त्रिवेणी यूवा क्लब मुग्लिनले गोर्खा कप को उपाधी पनि जितेको थियो ।