चितवन, इच्छाकामना २४ फागुन । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु पर्ने बताएकी छिन् ।
“आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने मूल नाराका साथ १० ८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै  अध्यक्ष गुरुङले
महिलाहरुलाई  शसक्तिरण बनाउनका लागि  आर्थिक रुपमा बलियो बनाउनु पर्ने भन्दै   सम्पुर्ण महिलाहरुलाई व्यावसायिक र उद्यमी बनाउने तर्फ आफु लागि परेको बताईन् ।
अध्यक्ष गुरुङले इच्छाकामनाको दुरदराजमा विकासको मुल फुटाउदैँ इच्छाकामना गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा रहेको बताईन् ।
साथै उनले अव महिलाले अपमानित हुनु पर्ने दिन आउन नदिने बताईन् ।

कार्यक्रममा विशिष्ट अतिथि अधिवक्ता फुलमाया रानाभाटले महिलाहरुको हक अधिकार बारे जानकारी गराईन् । उनले संविधानमा लेखिएका महिलाका अधिकारहरुको बारेमा जानकारी दिदैँ संविधान कार्यन्वयनका लागि महिलाहरुलाई नेतृत्व तहमा पु–याउनु पर्ने बताईन् ।
महिलाहरु विभाजित नभई एक जुट भए मात्र महिलाको अधिकार प्राप्ती हुने उनको भनाईछ । अघि बढेका महिलालाई त्यो पार्टी वा यो पार्टी नभनी साथ दिनु पर्ने उनको भनाई छ ।
कार्यक्रममा महिला अधिकार क्षेत्रमा योगदान पु–याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।