चितवन, २८ फागुन । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको सपना स्कुलले २१ औँ शताब्दीको बाल केन्द्रिय शिक्षण सिकाई १३ दिने तालिम सम्पन्न गरेको छ । शिक्षण सिकाई प्रविधि विकास लागि १३ दिने प्रशिक्षणले जिल्लामा सञ्चालित विशेष मन्टेश्वरी कक्षा नयाँ पन आउने स्कुलको दावी छ ।
आगमी बैशाख देखि सुरु हुने सपना स्कुल प्ले ग्रुपमा पढ्न आउने विद्यार्थीहरुलाई कसरी समयानुकुल अध्यापन गराउने भन्ने बारेमा सपना स्कुलका शिक्षकसगैँ चितवनका कार्यरत विभिन्न विद्यालयका शिक्षक/शिक्षिकहरुलाई सञ्चालित १३ दिने तालिम शुक्रबार सकिएको हो ।
सामाजिक क्षेत्रमा विगत ८ बर्ष देखि सक्रिय सपना भिलेज सोसल इम्प्याक्टले आयोजनामा जिल्लामा नै दोश्रो पटक विदेशी प्रशिक्षकहरुबाट प्रशिक्षण गराएको हो । हरेक बर्ष सपनासगैँ अन्य विद्यालयका शिक्षकहरुलाई यो प्रकार तालिम दिदै आएको सपना स्कुलका अध्यक्ष धुव्र गिरीले बताए ।
उनले तालिमा पहिलो सिद्धि, शक्तिखोरका विद्यालय र शिक्षि चेपाङ्ग शिक्षकहरुलाई पनि निशुल्क आवसीय सुविधा सहित सहभागीता गराएकोले पनि आगामी दिनमा चेपाङ्ग पनि बालबालिकाहरुलाई मन्टेश्वरी शिक्षण सिकाईमा प्रेरित गराउने विश्वास लिएको उनले बताए ।
१३ दिने तालिममा समय र बच्चाको रुची अनुसार बच्चाहरुलाई सिकाउने तरिका, उनीहरुको चाहना, शिक्षण सिकाई पद्धती लगायतका विषयमा अवकाश प्राप्त गरेका विदेशी प्रोफेसरहरु एल्सा र मारियसेले प्रयोगात्मक तवरले प्रशिक्षण गराएका थिए । भने तालिममा स्कुलकी निर्देशक बर्षा पुरी र प्रचार्य सुमित्रा भट्ठले समेत सहजीकरण गरेका थिए ।
मन्टेश्वरी स्कुललाई मध्यनजर गर्दै सञ्चालित तालिम उपयोगी हुनुका साथै सिकाईले सफलता प्राप्त गर्ने उनले बताए ।