देश / समाज

मुग्लिनस्थित त्रिशुली नदीमा यसरी बन्दैछ पुल, असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने

मुग्लिनस्थित त्रिशुली नदीमा यसरी बन्दैछ पुल, असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने
चितवन, ५ चैत । तनहुँ र चितवनको सीमा मुग्लिनस्थित त्रिशुली नदीमा पुल निर्माणको काम तिव्र गतिमा हुन थालेको छ ।नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् । बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । २०७१ साल फागुनबाट निर्माण सुरु गरिएको यो पुलको हाल बिम, डभी र फर्मा निर्माणको काम भइरहेको छ । १४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो मोटरेवल पुल ...

गोरखा रेडक्रसको २२ औं जिल्ला सभा सम्पन्न

गोरखा रेडक्रसको २२ औं जिल्ला सभा सम्पन्न
गोरखा, ३ चैत ।नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाको २२ औं जिल्ला सभा आज सम्पन्न भएको छ । जिल्लाको गाँखु उपशाखाको आतिथ्यतामा भएको सभा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयका उपमहामन्त्री हरी प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले रेडक्रस विशुद्ध सामाजिक संस्था भएको र यसको आफ्नै विधान रहेकाले विधान बमोजिम चलिरहेको बताउनुभयो । गोरखामा रेडक्रसले गरेका राम्रा कामहरुबाट पाठ सिकेर अन्य जिल्लाले पनि सोही अनुसार गर्नुपर्ने बताउनुभयो ।...

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ निर्विरोध,भोलि मात्र घोषणा हुने

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ निर्विरोध,भोलि मात्र घोषणा हुने
काठमाडौँ,३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् ।उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताए । अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमध...

सोमपाल बने ‘लिस्ट ए’ मा ५० विकेट लिने पहिलो नेपाली खेलाडी

सोमपाल बने ‘लिस्ट ए’ मा ५० विकेट लिने पहिलो नेपाली खेलाडी
काठमाडौं, ३ चैत । फास्ट बलर सोमपाल कामीले लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। जिम्बावेमा भइरहेका वर्ल्ड कप क्वालिफायर अन्तर्गत नेदरल्याण्डको सुरुवाती २ विकेट लिदै सोमपालले उक्त सफलता हात पारेको हुन्। सोमपालले ओपनर वेस्ले वारेसी र बेन कुपर दुवैलाई शुन्यमा आउट गरेका थिए। सोमपालले आफ्नो सुरुको दुई ओभरमा १(१ विकेट लिएका थिए। नेपालले यसअघि नै वान डे इन्टरनेशनल स्ट्याटस प्राप्त गरिसकेको छ र अब वान डे इन्टरनेशनल म्याच खेल्नुअघि यो नै अन्तिम लिस्ट ए खेल हुनेछ। सोमपालल...

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’द्वारा उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’द्वारा उम्मेदवारी दर्ता
काठमाडौं,३ चैत । नन्दबहादुर पुन ‘पासाङ’ ले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। उपराष्ट्रपति पदमा बहाल रहेका ‘पासाङ’ले   माओवादी केन्द्रबाट बानेश्वरस्थित संसद सचिवालयमा पुगेर सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन्। सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्। उपराष्ट्रपतिको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ र समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, पम्फा भुसाल, रामनारायण विडारी, रेखा शर्मा सहित ५ जना रहेका छन्। ...

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई आक्रमणको प्रयास

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई आक्रमणको प्रयास
चितवन,३ चैत । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्केर आगो लगाउने प्रयास भएको छ । शनिबार बिहान ९ बजेतिर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले आफुलाई रोकेर डिजेल छर्केको र आगो लगाउन खोज्दा भागेर जोगिएको सापकोटाले ताए । उनले भने ‘म कपाल काटेर घर फर्कदैँ थिए अचानक मोटरसाइकलमा आएको ४ जनाको समूहले मलाई मोविल छक्र्यो, त्यसपछि आगो लगाउन खोज्दा म भागेर बचेँ ।’ के कारणले म माथी आगो लगाउने प्रयात्न भयो म आ...

प्रधानमन्त्री ओलीद्धारा तेस्रो पटक मन्त्रीमण्डल विस्तार

प्रधानमन्त्री ओलीद्धारा तेस्रो पटक मन्त्रीमण्डल विस्तार
काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा...

प्रदेश ३ को यस्तो छ स्थानीय तहका पदाधिकारीको तलब र सेवा सुविधा

प्रदेश ३ को यस्तो छ स्थानीय तहका पदाधिकारीको तलब र सेवा सुविधा
हेटौँडा, चैत २ । प्रदेश ३ का स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा तय गरिएको छ। बिहीबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको हो। स्रोतका अनुसार बैठकले महानगरपालिकाका प्रमुखको तलब मासिक ४६ हजार, उपप्रमुखको ४० हजार २ सय र वडाध्यक्षको २८ हजार रुपैयाँ तय गरेको छ। यस्तै उपमहानगरको प्रमुखको तलब ४० हजार २ सय, उपप्रमुखको ३५ हजार र वडाध्यक्षले २५ हजार रुपैयाँ तय गरिएको छ। नगरपालिकाका प्रमुखको ३५ हजार, उपप्रमुखको...

चितवनका भूकम्पप्रभावित किसानलाई राहतका यस्ता कार्यक्रम

चितवन, चैत २ । चितवनका भूकम्पप्रभावित किसानका लागि ३० लाख रूपैयाँबराबरको राहत कार्यक्रम अाएको छ। भूकम्पप्रभावितका लागि कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत राहत कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको हो। उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिले समेत पारित गरिसकेको र किसानहरूको निवेदन लिने काम सकिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले जानकारी दिए। प्राधिकरणमार्फत ४० किसानलाई मौरी गोला, ५ वटा प्लाष्ट...

चुम्लिङटारमा कार दुर्घटना : एकको मृत्यु ३ घाईते

चुम्लिङटारमा कार दुर्घटना : एकको मृत्यु ३ घाईते
हिरालाल गुरुङ चितवन, (इच्छाकामना) २९ फागुन । चुम्लिङटारमा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे धादिङबाट पोखरा जादैँ गरेको बा १२ च ४६१५ नम्बरको कार पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा सडक किनारमा पल्टिएर दुर्घटना हुदाँ धादिङ जिल्ला छाप्रे गाउँपालिका ३ का बर्ष २३ का सरोज सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनको उपचारका लागि लैजादैँ गर्दा बाटैमा मृत्य भएको हो । दुर्घटनामा परि अन्य ३ जना घाईते भएका छन् ।...