हिरालाल गुरुङ
चितवन (इच्छाकामना)२४ फागुन । चितवन क्षेत्र न ३ का प्रदेश सभा सदस्य कञ्चन खनालले महिलाई आरक्षण नभई विशेष अधिकार दिनु पर्ने बताएकी छिन् ।
संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका महिला संगठनहरु अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले संयुक्त आयोजना गरिएको १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेकी खनालले भनिन् “महिलालाई आरक्षण होइन विशेष अधिकार दिनुपर्छ, आरक्षण त लोपन्मुख जनावरलाई मात्र दिईन्छ , हामी महिला लोपन्मुख जनावर होइनौँ, हामी त श्रृष्टि धान्ने जननी हौँ आकास होइन धर्ती हौँ,सिर्जना फुलाउने शक्ति हौँ, अवसरबाट ठगिएको हुनाले क्षती पूर्ति स्वरुप विशेष अधिकार दिनुपर्छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी खनालले महिलाहरुको अधिकारको मुद्धा विशुद्ध पुरुष लक्षित नभएको बताईन् । उनले भनिन् “महिला अधिकारका मुद्धाहरुलाई पुरुष विरुद्ध हामी लक्षित छैनौ, अवसरबाट बञ्चित भएका महिलाले समान प्रतिष्पर्धा गर्न सक्दैनन, पिठ्यूमा भारी बोकेर काखीमा बच्चा बोकेर हिड्ने महिलाले आमालाई घुक्र्याएर हुर्केको बलियो पुरुषसंलाई जित्न सक्दैनन् त्यसैले केही समयका लागि विशेष अधिकार दिनुपर्छ । ”
साथै उनले अव बन्ने प्रदेशसभाको कानुनका लागि सबै महिलाहरुलाई आ–आफ्नो क्षेत्रबाट सल्लाह सुझाव दिन आग्रह गरिन् । अब बन्ने संविधानमा महिलाको अधिकार छुट्न दिन नहुने भन्दै उनले सबै सरोकारवालासंग छलफल गरिने बताईन् ।
इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज प्रताप गुरुङ ‘मौसम’ नेकपा एमालेका सह–संयोजक श्रीप्रसाद कडेँल नेकपा एमाले जिल्ला सदस्य जुनाराज भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
अखिल नेपा महिला संघ इच्छाकामनाका सचिव माया सिलवालले स्वागत मन्तव्य राखेको कार्यक्रमको अखिल नेपाल महिलासंघ क्रान्तिकारीका अध्यक्ष सावित्रि सिलावलले संचालन गरेकी थिईन् ।