देश / समाज

संघीय संसदका सांसदहरुको शपथ आज ,१० मातृभाषमा शपथ लिने

संघीय संसदका सांसदहरुको शपथ आज ,१० मातृभाषमा शपथ लिने
काठमाडौं, २० फागुन । संघीय संसदका सांसदहरुले निर्वाचन भएको तीन महिनापछि आज शपथ लिंदै छन् ।राष्ट्रियसभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण सांसद्को सपथमा ढिलाई भएको हो । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का कूल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले आज शपथ लिने सम्भावना छ । सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित डा। युवराज खतिवडा, रामनारायण बिडारी र ड...

नारायणगढ–मुग्लिन सडक आज देखि पुन : ६ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक आज देखि पुन : ६ घण्टा बन्द हुने
चितवन, १९ फागुन । नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि दैनिक पुन ६ घण्टा बन्द हुने भएको छ । नेपालीहरुको महान् चाड होली पर्व २०७४ लाई मध्यनजर गरि फागुन १७ र र १८ गते दुई दिन नारायणगढ–मुग्लिन चौविसै घण्टा  खुला गरिएको थियो । रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड होली पर्वको अवसरमा दुई दिन खुला गरिएको हो । यस नारायणगढ मुग्लिन सडक हरेक दिन विहान १० बजे देखि दिउँसो ४ बजे सम्म बन्द गरि काम गर्दै आएको छ । यस सडकमा अहिलेसम्म ७४ प्रतिशत मात्रै ...

अपांग परिवारका लागि अपांगमैत्री घर बनाउने वडा अध्यक्ष श्रेष्ठको सपना पुरा हुदैँ,आज ९ लाख बढी रकम हस्तान्तरण

अपांग परिवारका लागि अपांगमैत्री घर बनाउने वडा अध्यक्ष श्रेष्ठको सपना पुरा हुदैँ,आज ९ लाख बढी रकम हस्तान्तरण
दिपक श्रेष्ठ गोरखा,१९ फागुन । सहिद लखन गाउँपालिका वडा नम्बर ७ कोटगाँउका एकै परिवारका ३ जना अपांगता भएका परिवारलाई अपांगमैत्री घर निर्माणका लागि संकलित ९ लाख भन्दा बढि रकम आज हस्तान्तरण गरिएको छ । वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको अगुवाईमा संकलन भएको ९ लाख ७७ हजार ३ सय ८७ रुपैया चेक मार्फत आज पत्रकार सम्मेलन गरी हस्तान्तरण गरिएको हो । संकलित रकमबाट अपांग मैत्री घर निर्माणका लागि जग खन्ने तथा पिलर बनाउने काम शुरु भइसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सो रकम घरध...

होलीलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक बन्द नहुने

होलीलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक बन्द नहुने
चितवन, १७ फागुन । होलीलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक दुई दिन बन्द नहुने भएको छ।बिहीबार र शुक्रबार निर्माणाधिन नारायणगढ मुग्लिन सडक २४ सै घण्टा खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । उनले भने, ‘अरु बेला सो सडक बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुने गर्दथ्यो।’ पर्वका बेलामा कामदारहरु घर जाने र यात्रा गर्नेहरु पनि बढ्ने भएको कारणले बाटो खुला गरिएको इन्जिनियर खनालले बताए। काठमाडौंलाई देशको पूर्व र पश्चिमसँग जोड्न...

कायाक स्लालोम च्याम्पियनसीपको उपाधि सुजन तामाङले जित्यो

चितवन, १५ फागुन । छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसीपको उपाधि नेपाल कायाक क्लबका सुजन तामाङले जितेका छन्। नेपाल –याफ्टीङ एण्ड क्यानोइङ संघको आयोजनामा पर्वतीय खेलकुद महोत्सव अन्तर्गत त्रिशुली नदीमा भएको प्रतियोगिताको फाइनलमा २४.४१ अंक प्राप्त गर्दै तामाङ च्याम्पियन बनेका हुन्। २४.६९ अंक ल्याएका कायाक क्लबकै सुमन थापा दोस्रो भए। यसैगरी चितवन टिम फिस्लिङमा विकास गुरुङ २४.८८ अंकका साथ तेस्रो भए। शीर्ष तीन स्थान हाँसिल गरेका खेलाडीहरुले आगामी सेप्टेम्बरमा इन्डोनेसिया...

त्रिदेशीय मोटर ¥याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ फोटो)

त्रिदेशीय मोटर ¥याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ फोटो)
भुटान, १५ फागुन । नेपाल, भारत र भुटानमा पर्यटन प्रर्वद्धन, सुरक्षित यात्रा र तीन देशका व्यवसायीहरु विचको सम्बन्धन विस्तार गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥याली भुटानबाट फर्किएको छ । भुटानको फुन्सुलिङ्ग सोमबार आईपुगेको टोली मंगलबार विहान पुन फुन्सुलिङ्गबाट दार्जलिङ्ग तर्फ लागेको छ । सिलगुडीबाट सुरु र्याली ५ दिन यात्रा तय गर्दै नेपालको चितवन सौराहा पुगी टोली पुन सिलगुडी हुदै मूर्ती, फुन्सुलिङ्ग हुदै समापनको लागि दार्...

इच्छाकामना गाउँपालिका स्तरीय शैक्षिक योजना परामर्श भेला (भिडियो र फोटो सहित )

इच्छाकामना गाउँपालिका स्तरीय शैक्षिक योजना परामर्श भेला (भिडियो र फोटो सहित )
चितवन, ११ फागुन । इच्छाकामना गाउँपालिका स्तरीय शैक्षिक योजना परामर्श भेला सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाले शिक्षाको कार्यविधि निर्माणका लागि सरोकारवालाहरुसंग  बृहत परामर्श आयोजना गरिएको हो । चितवन क्षेत्र न २ का प्रतिनिधि सभा सांसद तथा प्रमुख अतिथि कृष्णभक्त पोखरेलले आफ्नो गाउँ बनाउन सिहदरबारले निर्णय गर्ने नभई आफैले गर्नु पर्ने बताउनुभयो इच्छाकामना गाउँपालिकाको शैक्षिक स्तर बृद्धिका लागि सबैले संकल्प गर्नु पर्नेमा जोड दिनुभयो । सासद पोखरेल संविधानले शिक्षा सम्बन्...

आज देशभर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरि मनाईंदै

काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरिमनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको हो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदासमेत दिने गरिएको छ । १ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरु...

सवारी दुर्घटनामा परि खैरहनी नगरपालिका ५ का वडाध्यक्षको मृत्यु, दुई घाइते

चितवन, ६ फागुन । सवारी दुर्घटनामा परि वडाअध्यक्षको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परि खैरहनी नगरपालिका ५ का वडा अध्यक्ष विश्व विजय वस्नेतको मृत्यु भएको हो । आइतवार साँझ भएको दुर्घटनामा बडा नम्वर ४ का वडा अध्यक्ष नरेन्द्र अधिकारी र चालक राजकुमार अधिकारी गम्भिर घाइते भएका छन् ।ना ३ च ८९४० नम्वरको वोलेरोले बडाध्यक्ष सवार बा २ झ १३४४ नम्वरको सरकारी गाडीलाई ठक्कर दिँदा सो दुर्घटना भएको छ । गम्भीर घाइते बस्नेतको उपचारको क्रममा चितवन...

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इच्छाकामनामा तीन दिने सरसफाई अभियान सुरु (फोटो फिचर)

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इच्छाकामनामा तीन दिने सरसफाई अभियान सुरु (फोटो फिचर)
चितवन,६ फागुन । ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा सरसफाई कार्यक्रम सुरु गरिएको छ । आजबाट सुरु भएको सरसफाई कार्यक्रम ८ गते मंगलबार सम्म हुने छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा आज वडा न ३ कुरिनटारमा सरसफाई कार्यक्रम सुरु भएको छ । आज पहिलो दिन वडान ३ फिस्लिङ र वडा न ४ को गाउँपालिका परिषरमा सरसफाई गरिएको हो ।साथै अभियान अन्तरगत आज नै वडा न ६ मा रहेको लामो झरनामा पनि सरसफाई गरिएको छ । सरसफाईमा ग...