जापान, २८ फागुन । आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा सुमन लिम्बु चयन भएका छन् ।  पूर्व राजदुत डा.गणेश योञ्जनको प्रमुख आतिथ्यमा टोकियोमा आईतबार सम्पन्न १६ औँ महाधिवेशनले सुमन लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
महाधिवेशनले सह–अध्यक्षमा सुकमान थिङ तामाङ्, उपाध्यक्षमा हर्क गुरुङ्,देबी बहादुर इङ्नाम,पेम्वा शेर्पा ,रित राना मगर,कर्मा वाङ्गेल लामा,र गेलू शेर्पा ,महासचिवमा शान्त पहरी,उप–महासचिवमा भेषराज चेम्जोङ्, सचिवमा दावा शेर्पा,रमेश राना मगर,हिमाल लामा,कोषाध्यक्ष सोममाया गुरुङ र सह–कोषाध्यक्षमा शान्ति लामा  र श्री गुरुङलाई सर्वसहमतीले चयन गरेका छन् ।

अन्य सदस्यहरुमा हेमन्त शेरचन,बसन्ती गुरुङ ,मनोज घले ,कनैलाल चौधरी,प्रकाश श्रेष्ठ,रेशमकुमार थामी,बिजय राई,नुन दाहाङ राई ,मनकुमार तुम्सा,रिना तिगेला,सूजन मादेन लिम्बू रहेका छन् ।