देश / समाज

फिस्लिङमा चोरी गर्न घर फोर्ने दुई जना पक्राउ

फिस्लिङमा चोरी गर्न घर फोर्ने दुई जना पक्राउ
इच्छाकामनना, ६ साउन  :  चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा घर फोर्ने दुई जना पक्राउ परेका  छन् ।  मङ्गलबार बिहान दुई बजेको समयमा चोरी गर्ने उदेश्यले  स्थानीय  पृथ्वी श्रेष्ठको घर फोरी गर्ने नुवाकोट जिल्ला नौकुण्ड गाउँपालिका वडा न. २ बस्ने वर्ष ६० को छिरिङ तामाङ र सोही ठाउँ बस्ने अर्का वर्ष २७ को अभिषेक मगरलाई पक्राउ गरेको अस्थाई प्रहरी चौकी फिस्लिङका सहायक प्रहरी निरीक्षक घनश्याम लामाले बताउनुभयो ।  कोही पनि नभएको घरमा फोरीरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर ग...

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा
चितवन, ४ साउन ।नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ । सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ । सडकको चौडा ...

मुग्लिन नजिकै ढुङ्गा खसेर कारमा लाग्दा तीन भारतीय नागरिक घाईते

मुग्लिन नजिकै ढुङ्गा खसेर कारमा लाग्दा तीन भारतीय  नागरिक घाईते
मुग्लिन, ४ साउन :   नारायणगढ-मुग्लिन सडक खण्ड अन्तरगत चितवनको  इच्छाकामना गाउँपालिका ५ तुइनखोला नजिकै  सडकमाथिबाट  ढुङ्गा खसेर कारमा लाग्दा तीन जना घाइते भएका  छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दिउँसो साढे २ बजे नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको यूपी ८० जिपी २९२८ नम्बरको  भारतीयकारमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा भारतको आग्रह बस्ने चालक ४२ बर्षिय रतेन्द्र यादव,कारमा सवार  सोही ठाउँका  ३३ बर्षिय हर्मोन यादव र हितेन्द्र यादव घाइते भएका हुन् ।  उनिहरुको  स्थानीय ...

राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको नवनिर्मित  प्रशासकीय भवनको उद्घाटन
इच्छाकामना, ३२ असार । राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको नवनिर्मित  प्रशासकिय भवनको उद्घाटन सम्पन्न भएको छ । प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयका प्रमुख गोपाल प्रसाद कडेँलले एक कार्यक्रमकाबिच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।प्रमुख अतिथि सामाजिक विकास कार्यालयका प्रमुख  गोपाल प्रसाद कडेँलले ८ दिनको समय सिमा भित्र रु २५ लाखको काम सु सम्पन्न गरेकोमा प्रसन्न हुदै विद्यालयलाई धन्यवाद दिनुभयो । साथै पछिल्ला दिनहरुमा पनि बागमति प्रदेशबाट ह...

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को तेश्रो चौमासिक  सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । सो अवसरमा  गाउँपालिकाले गत आर्थिक वर्षका योजना पूर्णरुपमा सफल भएको दाबी गरेको छ।गाउँपालिकाबाट आर्थिक वर्षभरी भएका खर्च, आयोजनाको भुक्तानी, ऐन कार्यान्वयनलगायत सबै विषयमा सकारात्मक नतिजा आएको बताएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार इच्छाकामना गाउँपालिका गत आर्थिक वर्षमा पुँजिगत खर्चतर्फ चितवन जिल्लाकै उत्कृष्ट पालि...

इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा कृष्णप्रसाद पोखरेल

इच्छाकामना साहित्य प्रवाहको  अध्यक्षमा कृष्णप्रसाद पोखरेल
रोहिणी त्रिपाठी  इच्छाकामना,२७ असार :  इच्छाकामना साहित्य प्रवाहले  २१२ औँ भानुजयन्त मनाएको छ । इच्छाकामना ४ स्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको श्रोत भवनमा  कविता प्रतियोगिता, श्रष्टा सम्मान लगायत विभिन्न कार्यक्रम गरि भानुजयन्ती  मनाइएको  हो । इच्छाकामना साहित्य प्रवाह इच्छाकामना अध्यक्ष एकराज शर्मा पोखरेलको सभापतित्व तथा इच्छाकामना गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कविता प्रतियोगितामा सर्वशान्ति माध्यमिक विद्...

इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को पुँजीगत तर्फ ८७.२९ प्रतिशत खर्च

इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को पुँजीगत तर्फ ८७.२९ प्रतिशत खर्च
इच्छाकामना, २५ असार :  चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को खर्च विवरण सार्वजनिक गरेको छ । पालिकाको कार्यपालिकाको कार्यालय, कुरिनटारद्वारा सार्वजनिक गरिएको विवरण अनुसार सो आर्थिक वर्षमा गाउँपालिकाले कुल रू. ६६ करोड,७३ लाख २९ हजार ३४१ रुपैयाँ ०७ पैसा (८५.५७) प्रतिशत खर्च गरेको छ । उपलब्ध विवरण अनुसार चालू तर्फ रू. ३७ करोड, ३५ लाख ९२ हजार ५३१ रुपैयाँ ०५ पैसा अर्थात् ८४.२७ प्रतिशत खर्च गरिएको छ भने पुँजीगत तर्फ रू.२९ करोड ३७ लाख, ३६ हजार ८१० रुपैयाँ ०२ पैसा अर...

इच्छाकामना गाउँपालिकाद्वारा ४ हजार ५२५ केजी पशु आहार वितरण, ७८ किसान लाभान्वित

इच्छाकामना गाउँपालिकाद्वारा ४ हजार ५२५ केजी पशु आहार वितरण, ७८ किसान लाभान्वित
इच्छाकामना  :   चितवनको इच्छाकामना गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत ४ हजार ५२५ केजी पशु आहार (डीडीसी दाना) वितरण गरेको छ। वडा नं. १ देखि ७ सम्मका ७८ जना किसानले यो सहयोग प्राप्त गरेका छन्। २१० गाइभैसीलाई लक्षित गरि दाना वितरण गरिएको हो । गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, पशु चिकित्सक डा. विमोचन पौडेल लगायतको उपस्थितिमा किसानहरूलाई पशु आहार हस्तान्तरण गरिएको हो...

इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीको विरुवा वितरण

इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीको विरुवा वितरण
इच्छाकामना , १६ असार । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय किसानहरूलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीका विरुवाहरू वितरण गरेको छ।गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीका अनुसार यसपालि सुन्तलाका कलमी २ हजार ६ सय र बिजु १५ हजार, कागतीका कलमी ८ सय र बिजु २ हजार ६ सय, साथै कफीका ५ सय वटा बिरुवा वितरण गरिएको छ। यस वितरण कार्यक्रमले किसानहरूमा निकै उत्साह थपेको छ। वडा नम्बर ३ का कृषक भीम बहादुर गुरुङले गाउँपालिकाले ...

२२ औँ राष्ट्रिय धान दिवस गण्डकी–७ घ्याल्चोक, मजुवामा विविध कार्यक्रमसहित मनाइयो

२२ औँ राष्ट्रिय धान दिवस गण्डकी–७ घ्याल्चोक, मजुवामा विविध कार्यक्रमसहित मनाइयो
गोरखा, १५ असार ।  “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित २२ औँ राष्ट्रिय धान दिवस गण्डकी गाउँपालिका–७ स्थित घ्याल्चोक, मजुवामा विविध कार्यक्रमका साथ उल्लासपूर्वक मनाइएको छ।वडा अध्यक्ष  तुलसी रेग्मीको अध्यक्षता तथा  गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना ‘साकार’ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, गाउँपालिकाका कर्मचारी तथा स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ...