देश / समाज

इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण

इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण
इच्छाकामना :  चितवनको इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण  गरेका छन् । जनता आवास कार्यक्रम मार्फत ती घरहरु निर्माण भएका हुन् ।   वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीका अनुसार वडा नम्बर ४ मा यस  चालु आर्थिक बर्षमा मात्र सात वटा घर निर्माण भएका छन्। विपन्न चेपाङ परिवार छनौट गरि घर निर्माण गरिदिएकोे उहाँले बताउनुभयो । वडाध्यक्ष उप्रेतीका अनुसार घर निर्माणमा लाभग्राहीले घडेरी सम्याउने र जग हाल्ने काम आफै गर्नुपर्ने हुन्छ ।उहाँले भन्नुभयो,“घडेरी सम्याउने ...

राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाको नवनिर्मित विद्यालय भवनको उद्घाटन

राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाको नवनिर्मित विद्यालय भवनको उद्घाटन
इच्छाकामना,११असार ।  चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाको नवनिर्मित चार कोठे पक्की विद्यालय भवनको समुद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच  नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले यस विद्यालयले गाउँपालिका स्तरीय कक्षा ८को परिक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा धन्यवाद तथा बधाई दिनुभयो । कतीपय सामुदायिक विद्यालयमा धेरै फेल हुने भएका कारण अन्यात्र टाढा वि...

बेनीघाट रोराङको बजेट ९३ करोड ३० लाख ३१ हजार

बेनीघाट रोराङको बजेट ९३ करोड ३० लाख ३१ हजार
विशालटार : धादिङको बेनीघाट  रोराङ गाउँपालिकाले  आर्थिक बर्ष २०८२/०८३ का लागि रु ९३ करोड भन्दा बढी बजेट  ल्याएको छ ।  गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सोमबाार १७ औँ गाउँसभामा  चालु खर्च तर्फ  रु. ५४ करोड ६१ लख ३१ हजार र पुँजीगत तर्फ रु.३८ करोड ६९ लाख  गरि ९३ करोड ३० लाख ३१ हजार बजेट  प्रस्तुत गर्नुभएको हो ।  चालु तर्फ ५८.५३ र पुँजीगत तर्फ ४१.४७ प्रतिशत  रहेको छ । क्षेत्रगत आर्थिक विकासका लागि रु. ६ करोड,३६ लाख, सामाजिक विकास तर्फ ४२ करोड २७ लाख ३१ हजार, पूर्वाधार विक...

इच्छाकामनाको बजेट ७८ करोड १५ लाख ३६ हजार रूपैयाँ

इच्छाकामनाको बजेट ७८ करोड १५ लाख ३६ हजार रूपैयाँ
इच्छाकामना :  चितवनको  इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ७८ करोड १५ लाख ३६ हजार रूपैयाँ बजेट ल्याएको छ ।  आइतबार गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालद्वारा प्रस्तुत बजेटमध्ये केन्द्र सरकारबाट ४६ करोड ३६ लाख र प्रदेश सरकारबाट छ करोड ९८ लाख ५७ हजार आय हुने अनुमान गरिएको छ । त्यसमा पनि सङ्घीय राजस्व बाँडफाँडबाट नौ करोड ६८ हजार र प्रदेशतर्फको राजस्व बाँडफाँडबाट चार करोड ३५ लाख रूपैयाँ आय हुने अनुमान गरिएको छ । आन्तरिक राजस्व दश करोड ३२ लाख रूपैयाँ आम्दानी हुने अ...

बेनिघाट रोराङमा प्रथम स्रष्टा भेला

बेनिघाट रोराङमा प्रथम स्रष्टा भेला
धादिङ :  बेनिघाट रोराङ गाउँपालिकामा प्रज्ञाप्रतिष्ठान गठन गर्ने उद्देश्यले प्रथम स्रष्टा भेलाको आयोजना गरिएको छ । गाउँपलिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको अध्यक्षतामा शुक्रबार भेला सम्पन्न भएको हो । कार्यक्रममा ५० भन्दा बढी स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । आआफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थपलियाले अब स्रष्टाको अभिलेखन भएको छ । प्रज्ञा परिषद र प्रज्ञा कार्यसमिति गठन गरिने बताउनुभयो ।स्रष्टाहरुको लागि सम्मानको बाटो खु...

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को निति तथा कार्यक्रम सार्वजनिक

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को  निति तथा कार्यक्रम सार्वजनिक
गण्डकी: गोरखाको गण्डकी गाउँपालिका  गाउँसभाको १८ औँ अधिवेशन  सुरु भएको छ ।  आजदेखि सुरु भएको  गाउँसभामा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना‘सकार’ले आगामी आर्थिक बर्ष २०८२/०८३ को  निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।  निति तथा कार्यक्रम  गाउँसभाबाट  पारित गरेको छ । साथै चुल आर्थिक बर्षको बजेट संशोधन विद्येक पनि सर्वसम्म  गाउँसभाले अनुमोदन गरेको छ । अध्यक्षले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरुले आफ्नो धारणा तथा सुझावहरु राखेका थिए ।  निति तथा कार्...

इच्छाकामना गाउँपालिका अध्यक्षले बजेटमा पार्टी प्रवेश सर्त राखेको कांग्रेस सचिवको आरोप, अध्यक्ष गुरुङले भने–कसले भन्यो ?

इच्छाकामना गाउँपालिका अध्यक्षले बजेटमा पार्टी प्रवेश सर्त राखेको कांग्रेस सचिवको आरोप, अध्यक्ष गुरुङले भने–कसले भन्यो ?
  इच्छाकामना,४ असार :  चितवनको इच्छाकामना गाउँपालिका आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने तयारी छ । गाउँपालिकाले सबै सरोकारवालाहरुसँग सुझाव संकलन गरिरहेका छन् । तर गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई भने गम्भीर आरोप लागेको छ । अध्यक्ष गुरुङलाई बजेटमा राजनिति गरेको आरोप लागेका हुन् । नेपाली कांग्रेस इच्छाकामनाका सचिव तूल गुरुङले अध्यक्ष गुरुङले १० लाख बजेट विनियोजन गरिदिने तर नेकपा एमालेमा प्रवेश गर्नपर्ने सर्त राखेको आरोप लगाएका हुन् । उनले समाजिक सञ्चालन...

गण्डकी गाउँपालिकामा महिला समूह सञ्चालनसम्बन्धी पुनर्ताजगी कार्यक्रम जारी, तेस्रो दिन घ्यालचोकमा हुने

गण्डकी गाउँपालिकामा महिला समूह सञ्चालनसम्बन्धी पुनर्ताजगी कार्यक्रम जारी, तेस्रो दिन घ्यालचोकमा हुने
गोरखा, २ असार  । गण्डकी गाउँपालिकाको आयोजनामा सञ्चालित महिला समूहहरूलाई लक्षित “समूह सञ्चालनसम्बन्धी पुनर्ताजगी कार्यक्रम” आज दोस्रो दिनस सम्पन्न भएको छ। गण्डकी गाउँपालिका सभाहल, तोमनडाँडामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीमती ललिता अधिकारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष श्री दीपक तिमिल्सिना (साकार)को प्रमुख आतिथ्य रहनुभएको थियो । उपाध्यक्ष अधिकारीले  महिलाहरूको सशक्तिकरणका लागि समुहहरूको दक्षता र कार्यशैली सुदृढ गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो...

इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
इच्छाकामना,१ असार :  चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । गाउँपालिकाभित्र रहेका पाँचबर्ष मुनिका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको पाएपछि गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिए...