इच्छाकामना, २५ असार : चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को खर्च विवरण सार्वजनिक गरेको छ । पालिकाको कार्यपालिकाको कार्यालय, कुरिनटारद्वारा सार्वजनिक गरिएको विवरण अनुसार सो आर्थिक वर्षमा गाउँपालिकाले कुल रू. ६६ करोड,७३ लाख २९ हजार ३४१ रुपैयाँ ०७ पैसा (८५.५७) प्रतिशत खर्च गरेको छ ।
उपलब्ध विवरण अनुसार चालू तर्फ रू. ३७ करोड, ३५ लाख ९२ हजार ५३१ रुपैयाँ ०५ पैसा अर्थात् ८४.२७ प्रतिशत खर्च गरिएको छ भने पुँजीगत तर्फ रू.२९ करोड ३७ लाख, ३६ हजार ८१० रुपैयाँ ०२ पैसा अर्थात् ८७.२९ प्रतिशत खर्च भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतको प्रमाणीकरणमा खर्च विवरण सार्वजनिक गरिएको हो ।
यो अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा पनि ८५ प्रतिशत खर्च गरेको थियो ।
यस विवरणमा गाउँपालिकाले उपलब्ध स्रोत र साधनको उपयोग गर्दै कर्मचारी, विकास निर्माण व्यवस्थापन, सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गरिएको पुष्टि गर्छ ।
“सुखी, खुसी र समृद्ध इच्छाकामना, कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना, भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाले हरेक वर्ष कार्य सम्पादनलाई सुधार गर्दै लगिएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउँनुभयो ।

इच्छाखबर संवाददाता












