रोहिणी त्रिपाठी 
इच्छाकामना,२७ असार :  इच्छाकामना साहित्य प्रवाहले  २१२ औँ भानुजयन्त मनाएको छ । इच्छाकामना ४ स्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको श्रोत भवनमा  कविता प्रतियोगिता, श्रष्टा सम्मान लगायत विभिन्न कार्यक्रम गरि भानुजयन्ती  मनाइएको  हो ।
इच्छाकामना साहित्य प्रवाह इच्छाकामना अध्यक्ष एकराज शर्मा पोखरेलको सभापतित्व तथा इच्छाकामना गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कविता प्रतियोगितामा सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा कक्षा १२ मा अध्ययनरत छात्र चित्र बहादुर गुरुङ प्रथम हुनुभयो । साथै त्रिवेणी वराह मुग्लिनका छात्रा बुद्धिमाया चेपाङ द्धितिय र सर्वशान्तिका दिपिका गुरुङ तृतिय हुनुभयो । साथै निल कुमारी चेपाङ, रोशन गुरुङ र मन्जित भण्डारीले सान्त्वना स्थान हासिल गर्नुभयो ।
प्रथम हुनेलाई दुई हजार,द्धितियलाई एक हजार पाँच सय,तृतियलाई एक हजार र सान्त्वना हुने तीन  जनालाई रु पाँच सय नगद र सम्मानपत्रसहित  पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत प्रतियोगी  विद्यार्थीहरुलाई  आदिकवी भानुभक्त आचार्यको रामायणपाठमा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा साहित्यकारहरु रामजी त्रिपाठी,सुदर्शन कट्टेल,रामनाथ त्रिपाठी, इन्दिरा सापकोटा,तूलसा पोखरेल, राजु आचार्य ‘दीप’,श्रीरेन्द्रप्रकाश प्रकाश पोखरेल,नारायण पौडेल, रामप्रासद पौडेल,सर्वशान्ति माविका प्रधानाध्यापक जोहन खरेल लगायतले  गीति कविता,कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा इच्छाकामना गाउँपालिका  कार्यवाहक अध्यक्ष माया सिलवाल, साहित्यकार इच्छाकामना  प्रवाहका सल्लाहकार तेजविशलास अधिकारी, वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा श्रष्टा सम्मान अन्तरगत तूलसीप्रसाद खनाल साहित्यिक पुरस्कार प्रष्ट वक्ता समाजसेवी बलराम त्रिपाठीलाई प्रदान गरिएको प्रवाहले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका कार्यवाहक अध्यक्ष  माया सिलवाल,विशिष्ट अतिथि  वडा नम्बर ४ का वडाअध्यक्ष रुद्रसाद उप्रेती र साहित्यकार राजु दीप आर्चालाई मायाको चिनो प्रदान गरेको थियो।कार्यक्रम साहित्य प्रवाहका सचिव   शंकर सिलवालले सञ्चालन गर्नुभएको थियो ।

 

इच्छाकामना साहित्य प्रवाहको  अध्यक्षमा कृष्णप्रसाद पोखरेल
इच्छाकामना साहित्य प्रावहको अध्यक्षमा कृष्णप्रसाद पोखरेल चयन हुनुभएको छ । आज सर्वशान्ति मावि कुरिनटारमा सम्पन्न  तेश्रो  अधिवेशनले पोखरेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति  सर्वसम्मत चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा रामनाथ त्रिपाठी, सचिवमा शंकर सिलवाल, कोषाध्यक्षमा सरस्वती पोखरेल चयन हुनुभएको छ ।साथै सदस्यहरुमा भगवती अर्याल,रोशन सिलवाल, सावित्री गुरुङ,विर्ख बहादुर आले, दीपक श्रेष्ठ,तूलसादेवी पोखरेल, इन्दिरा सापकोटा,सुदर्शन कट्टेल र रामजी त्रिपाठी रहनुभएको छ।तेजविलास अधिकारीको संयोजक्त्वमा,शिवप्रसाद तिमिल्सिना र सुजन सापकोटाको निर्वाचन मण्डल गठन गरिएको थियो ।