कसरी तयार गर्ने हो धानको व्याड ,
बीउ कसरी राखिन्छ !
रोपाइँ नदेख्ने जनहरुको फेसबुकमा,
हिलै फोटा देखिन्छ !!
सत्यलाई लत्याउदै मानव किन ,
देखावटीमा रमाउछन् !
आफ्नो खेत बाजो राखी रोपाइँको,
शुभकामना टक्याउछन् !!
गोबरदेखि सात कोष पर भाग्ने,
असली दही थाहा छैन !
दहिचिउराको स्वाद नपाइ,
फोटा यति आछैन!!
पार्वती खड्का सिलवाल
इच्छाकामना गा.पा ४ चितवन
शिक्षिका सर्व शान्ती मा.बि कुरिनटार