“ल सर ! म त विदेश हिँडेको बस्नुस् है । नेपालमा नै केही गरौँ भनी केही वर्ष अधि फर्केकाे थिएँ । फर्कँदा निकै ऊर्जा लिएर आएकाे थिएँ । नेपालमा सोचे अनुसारको गर्न सकिएनँ ,यहाँ बनाउनेकाे भन्दा खुट्टा तान्नेकाे लर्काे रहेछ, आफ्नो देश र गाउँ विकास गर्न भनी फर्केको थिएँ सबै सपना चकनाचुर भए ।
” मैले प्रति प्रश्न गरेँ ,” गत वर्ष चुनावमा पुरानो पार्टीले केही गर्न सकेन भनेर जनता सामु भोट मागेको होइन ? हजुरले आफू त कृषि विशेषज्ञ हो यदि हाम्रो नयाँ पाटीले चुनाव जिते त यस प्रदेशका दश हजार मानिसलाई रोजगारी दिने कुरो थियो त अनि चुनाव पनि जितियो । खै त रोजगारको कुरो त !” मेरो प्रश्नमा सामान्य उत्तरले नै टार्न खोजेको भान हुन्थ्यो । “निहित पात्रहरूको लागि सामान्य जनतालाई बलीको बोको बनाइन्छ झुट्को खेती गरिन्छ र स्वार्थ सिद्ध भएपछि सबै रद्दीको टोकरीमा फ्याँक्नु पर्ने कस्तो विडम्बना ” ।
जीवन भोगाइ र वास्तविकता नबुझी बोल्नु केवल क्षणिक हुँदो रहेछ , हो त अवसर दिन्छु भन्नेहरूले मेरो भएको ऊर्जा खर्चिए । आफूहरू अवसरकाे उचाईमा पुगेपछि जसले माथि पुर्याएको थियो उसैलाई तल धकलेर छोडेर गए । ” उसको कुरोले झन मलाई उद्धेलित बनायो । ऊ त हाम्रो उद्धमशीलताप्रति खुशी देखिथ्यो ।
राष्ट्रप्रतिको लगानी एक दिन पाइन्छ भन्थ्यो । म भन्थेँ, ” विश्वास आफ्नो गर्नु पर्छ कर्ममा टेकेर मात्रै अघि बढ्न सकिन्छ निहित स्वार्थ भित्रको सफलता केही दिनको लागि मात्रै हो ।” चोकमा आएर गाडी रोकियो । मलाई बिदाईको हात हल्लाउँदै गाडीतिर हानियो । म उसको विगत र वर्तमान परिदृश्यमा घोरिरहेँ…… गाडी घुम्ती कटेर अगाडि बढिरहेको थियो ।
घिमिरे दुर्गा, र.न.पा.१४ चितवन