चितवन : गायिका तथा मोडल सन्जु न्यौपानेले आफ्नो नयाँ गित बजारमा ल्याएकी छिन । सन्जु न्यौपाने र अमृत सापकोटाको आवाजमा रहेको लामो कपाल बोलको गित यति बेला युटुबमा सार्वजनिक भएको छ । गायिका तथा मोडल सन्जु न्यौपानेले आफ्नै युटुव च्यानल सन्जु न्यौपाने मार्फत सार्वजनिक गरिकि छिन । उक्त गितमा अमृत सापकोटा र सन्जु न्यौपानेको आवाज छ भने सुधिर श्रेष्ठ,धुब्र हमाल, सन्जु न्यौपाने र निसा न्यौपानेले अभिनय गरेका छन। न्यौपानेको लामो कपाल बोलको गित युटुबमा सार्वजनिक हुन साथ यति बेला टिकटकमा भाईरल भएको छ । भने युटुवमा समेत छोटो समयमा राम्रो भ्युज गएको छ । यस अघि न्यौपानेको “लाहुर,चादी कहाँ होला, जस्ता गित दर्शकले निकै मन पराएका थिए । स्याङ्जाको गल्याङ नगरपालिका जन्मिएकी न्यौपानेले लामो समय देखि गित संगितलाई नै आफ्नो पेसा बनाउदै आउनु भएको छ।