आँबुखैरेनी :  आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र संम्वद्र्धनको लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ । गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो।

परिषद्को उपाध्यक्षमा सानुकाजी थापा, सचिवमा युवराज बगाले, सहसचिवमा कमल सापकोटा, कोषाध्यक्षमा राजेन्द्र गुरुङ र सदस्यहरुमा रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेललाई मनोनित गरेको छ।

आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आयोजित भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आफ्नो स्वागत मन्तब्य राख्दै ‘आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९÷०४÷०३ गते बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने, बताए ।

मनोनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक गाउँपालिका प्रमुख शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्नुपर्ने कुरामा लेखक साहित्यकारहरुले जोड दिनुपर्ने, बताए ।