ichchhakamana

भरतपुर : युवा राजनीतिज्ञ कैलाश कोइरालाको (राजव्यूह) उपन्यास २०८० असार २३ गते शनिबार होटल ग्लोबल चौबीसकोठी, भरतपुरमा दिउँसो २  बजे हुने विमोचन हुने भएको छ । समारोहमा निमन्त्रणा ग्रहण गरी उपस्थिति जनाउन लेखक कोइरालाले सबैमा आग्रह गर्नु भएको छ।

कैलाश कोइरालाले यस अघि नै आफ्नो पुस्तक (राजव्यूह)को बिक्रीबापत प्राप्त गर्ने सम्पूर्ण लेखकस्व (रोयल्टी) आफ्नो पिता मनहरि कोइरालाको नाममा स्थापित (मनहरि कोइराला ट्रष्ट)मा जम्मा गरी सामाजिक तथा परोपकारी काममा प्रयोग गर्ने घोषणा गर्नु भएको छ ।

कैलाश कोइरालाले आफ्नो पुस्तक ‘राजव्यूह’ को उद्घाटन समारोहमा उपस्थिति जनाई पुस्तक को बारेमा जानकारी लिनुको साथसाथै पुस्तक खरिद गरी सामाजिक सेवामा सबै सहभागी हुन सबैमा अनुरोध गर्नु भएको छ ।