
सुवर्ण इतिहास बोकेको मेरो देश नेपाल
वर्तमानमा कुरै गर्न नसकिने छ यसको हाल
यसको जिम्मा कसले लिने
पाए सबै यसलाई नै सोसी हिड्ने।भन्छन् सबै यसले पाएको छ श्राप सतीको
भन्छु म हुन त होनि यो देश पनि पशुपतिको
खुसी छन् सबै लगाउन दोष अरूलाई
उत्तर दिन्छु म किन जितायौ त त्यै ठगहरुलाई।नेता त छन् व्यस्त हुनलाई भ्रष्ट
तर जनताको पनि कमी छ भनेर कहिले हुने हामी प्रष्ट
मेरो देश भित्रभित्रै खोक्कृसक्यो
सधैँ उच्च रहने पृथ्वी नारायणको शिर पनि झोकृसक्यो।कठै मेरो देश अब यसलाई कसले बनाउने
हामी आफ्नो संस्कति छाडेर पश्चिमको खोल किन लगाउने
मेरो देशको नाम धरमाराएर लड्दै छ
त्यै देखेर विश्वशक्तिराष्ट्र यसलाई कब्जा गर्न अगि बढ्दै छ।गुमाउँदै छ मेरो देशले आफ्नो पहिचान
पठाउँछ बाहिर श्रमिक ल्याउँछ चिहान
दशक दशकमा फेर्छन् देशको राजनीतिक व्यवस्था
कहिले उठाउने होला बिचरा गरीब र निमुखाको अवस्था।विकट ठाउँ छन् सोलु कर्णाली र डोल्पा
यस्तो ठाउँमा जन्मिनु नै दुर्भाग्य भन्दै हान्छन् आफैंलाई लोप्पा
भन्छन् देश बिगार्ने सुरु गरेको जङ्गेले
अनि किन छुटाउनु नी आधुनिक तीन राणा र बिना ढ्यौबा के।सायद मेरो नेपाल माताले वीर गोर्खाली जन्माउन छाडिछिन्
लाग्दै छ उनी पनि आफ्नो अवस्था देखेर वाक्क भाकीछिन्
देश बनाउने भन्नेसँग न विचार न त आधार
जनतालाई पनि देशमा बस्ने की बाहिर जाने भन्ने भाको छ दोधार।छन् व्यापक तराई पहाड र हिमाल बीच भेदभाव
कोही भन्छन् मधेशलाई लगाऊ छुटै भाग
कोहीलाई चाहिएको छ गणतन्त्र कोहीलाई राजतन्त्र
सबै यसरी छुट्टिए कहिले एक हुने त मित्र।आउ अब सबै आफ्नो कर्तव्य पूरा गरौं नलगाई कसैलाई दोष
सबैले आफ्नो कर्तव्य पूरा गर्दा देशले पूरा गर्छ आफ्नो लक्ष्य र उदेश्य
अब झुकेको पृथ्वी नारायणको शिर उठाउँ
फेरि एकचोटी नेपाल आमा देश बनाउन केही ,कोही वीर गोर्खाली जन्माउ ।लोकनथा त्रिपाठी इच्छाकामना ४ कुरिनटार