भरतपुर – शहीद शारदा श्रेष्ठको स्मृती दिवसका अवसरमा  शारदा स्मृति प्रतिष्ठानको आयोजनामा चितवनमा रहि साधनारत चार स्रष्टालाई पुरस्कार सहित सम्मान गरिएको छ ।                                                                                            प्रगतिवादी साहित्यकार रणेन्द्र बरालीलाई शारदा स्मृति पुरस्कार २०७७,सहिद पिता तथा कलाकार नारायण श्रेष्ठलाई शारदा स्मृृृति पुरस्कार २०७८ ,कवि कृष्ण प्रसाद पोखरेेल र कवि कल्पना अाचार्य वस्ताकोटिलाई डिल्लिराम धनसरा प्रतिभा पुरस्कार क्रमस २०७७ र २०७८बाट सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

शारदा स्मृति प्रतिष्ठानको अायोजनामा प्रमुख अतिथि प्रदेश सभासद घनश्याम दाहालको बाहुलीबाट सो पुरस्कार प्रदान गरिएको थियो।प्रतिष्ठानका अध्यक्ष श्याम सुुन्दर पन्तको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव शारदा पौडेललेे कार्यक्रम सन्चालन र सदस्य गोपिलाल देवकोटालेे स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष द्वय पोषराज पौडेल र इन्द्र रेग्मीले पुरस्कृत स्रष्टाहरुको परिचय प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा सम्मानित स्रष्टाहरु बाट मन्तव्य सहित आफ्ना समय सान्दर्भिक सिर्जना प्रस्तुत गर्नुभएको थियो भने जनसाँस्कृतिक महासङ्घ चितवनका अध्यक्ष राामहरि श्रेष्ठ साहित्यकार हरि प्रसाद गजुुरेल, राजेेन्द्र घायल लगायतलेे योग्य पुरस्कृत स्रष्टा छनोट गरिएकोमा छनोट समितिप्रति हार्दिक धन्यवाद सहितको मन्तब्य राख्दै आआफ्नो रचना वाचन गर्नुभएको थियो। कोभिड भयको बिच अधिकतम सुरक्षा वधि अपनाएर कार्यक्रम संचालन गरिएको थियो।