अध्यादेश आउँछ राति-राति
संसद विघटन हुन्छ राति-राति
अचम्म लाग्छ धेरै अगाडि छुटेको
राजपत्र पनि छापिन्छ राति-राति ।

हेर त जात्रा छ बालुवाटारमा
मदको मात्रा छ बालुवाटारमा
दासहरुको उत्सव जस्तो लाग्ने
अलौकिक पात्र छ बालुवाटारमा।

हेर करको भरमा बजेट बनेको छ
कमिसनको दरमा बजेट बनेको छ
सस्ता नारा मात्र थोपर्छ कागजमा
अनुदानको भरमा बजेट बनेको छ।