कुरैकुरामा हेडसरले त्यो टाईसुटवाला व्यक्तिलाई भन्नुभो  “म त बिर्सिसकेको, धन्यले मर्निङ वाकमा सङ्गै परियो र यति महत्त्वपूर्ण सम्झौतामा जोडिन पाईयो । तपाईं र तपाईंको बैंकप्रति विद्यालय कृतज्ञता प्रकट गर्दछ ।”

त्यो ब्यक्ति अरु कोही नभएर हाम्रै स्कुलका पूर्वविद्यार्थी आलोक रहेछन् र उनी कार्यरत आत्मनिर्भर बिकास बैंकले यस वर्षको सामाजिक उत्तरदायित्त्व वापतको १५ रकम हाम्रै विद्यालयमा खर्च गर्न सम्झौता समेत भईसकेको रहेछ । सम्झौताका मुख्य बुदाहरु यस्ता रहेछन्स्

नवनियुक्त २ जना शिक्षकको तलब बैंकले व्यहोर्ने
अति विपन्न परिवारका ५० विद्यार्थीको स्टेसनरी तथा खाजावापतको खर्च बैंकले व्यहोर्ने ।
३०थान डष्टबिन, शिक्षक डायरी, पेन आदि ।
बैंक कोटाका शिक्षकले बैंककै ड्रेस, उपलब्ध सामग्रीहरुमा बैंक लोगो, स्कुल सम्बद्द आर्थिक कारोबार सोही बैंकको खातामार्फत हुने र विद्यालय हाताभित्र बैंकलाई प्रचारमुलक फ्लेक्सरव्यानर राख्न दिईनेछ ।
बिद्यालयको ईतिहासमै कोशेढुङ्गा सावित त्यस हर्षोल्लासको अवसरमा विद्यालयको तर्फबाट आधुनिक परिकार सहित डिनरको आयोजना गरियो । त्यसैवर्षदेखि हाम्रो तलब बैंक खातामा जाने प्रबन्ध गरि अभिभावकहरु समेत सबैको खाता खोली बैंकप्रति कृतज्ञता प्रकट गरियो ।

त्यसको एक वर्षपछि
आजकल हेडसरको त्यस्तो चम्किलो अनुहार मलिन देखिरहेको छु, बिनाकारण त्यसै झर्किएर बोल्नै चाहनुहुन्न । पहिले भन्नुहुन्थ्यो – “२८ वर्षको जागीरे जीवनमा ८ दिन, त्यो पनि बिरामी बिदामात्रै लिएको छु ।” तर आजभोलि कहिलेकाही मात्रै स्कुल आउनुहुन्छ । आएको दिन केही सिकौंला, सोधौला भन्दै कुरेको पनि धेरै भैसक्यो । कुनै जोश, जागर देख्दिन, बीच बीचमा खुईय खुईय गर्दै पानीमात्रै पिउनुहुन्छ । के प्रलय हुँदैछ, अचम्मित छु म ?

“गत वर्ष बैंकले गरेको सहयोग यसवर्ष अनमोल बोर्डिङले गर्ने रे” भर्खरै लेखा एवम प्रशासनिक पदमा नियुक्त बहिनीले बताइन् । मैले सम्झौताका बुदाहरु सम्झिए र बैंकको स्थानमा बोर्डिङलाई राखेर तुलना गरे । मनमनै सोचे – बोर्डिङ ड्रेसमा दुई शिक्षक, बोर्डिङको लोगो आङ्कित डायरी लगायत अन्य शैक्षिक सामग्रीहरु अनि बाहिर चौरमा बोर्डिङको ठुलो प्रचारमुलक फ्लेक्स‘।। ।

“सर‘, सर के भो‘, सर के भो हजुरलाई रु” लेखापाल बहिनीको चर्को आवाजले झसङ्ग हुँदै बोल्न पुगेछु भो, यो हुन सक्दैन । मुख टप्प सुकेकाले एक गिलास पानी पिउदै सोचे( यो सपना हो या बिपना १ बरु म बिनातलब शिक्षण गर्छु, त्यै पैसाले ती सामग्रीहरु किनियोस् ।

जिउ भारी भएकाले सबेरै उठ्न सकिन । मनमनै सोचे “बैंकिङ क्षेत्रमा लोकप्रिय सामाजिक उत्तरदायित्त्वको अवधारणालाई शिक्षा क्षेत्रमा सामान्यीकरण गरेर किन हुन्थ्यो र ?

रामचन्द्र अर्याल
नीलकण्ठ ३, पुछारबजार, धादिङ
सिनियर अफिसर, नेशनल लाईफ इन्स्योरेन्स क.लि. धादिङ शाखा