
इच्छाकामना : नवनिर्वाचित इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । कुरिनटारस्थित लोकप्रिय होटलमा एक कार्यक्रमकाबिच नवनिर्वाचित समितिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
साथै इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको पहिलो बैठक पनि आजै सम्पन्न भएको छ । बैठकले सात वटै वडामा वडा इकाई गठन गर्ने निर्णय गरेको छ । बैठकले समितिका पदाधिकारीहरुलाई कामको जिम्मेवारी तोकिएको प्रथम उपाध्यक्ष सितल गुरुङले जानकारी दिनुभयो ।
मञ्चका अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्र परियारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सचिव निलकण्ठ रिजाल (गोविन्द)ले सञ्चालन गर्नुभएको थियो ।
इच्छाकामनामा भएका विभिन्न भाषाभाषी, संस्कृति जनजातिहरुको उत्थान र विकासको लागि काम गर्ने उदेश्यले सुखी–खुशी समृद्ध इच्छकामना, कला संस्कृति विकास हाम्रो चाहना भन्ने मुला नाराका साथ इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्च गठन गरिएको हो । २५ जनाको कार्य समिति रहेको छ ।