नेपाल सरकारले गएको २०७४ साउन २९ मा ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो ।आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रमले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । जसका लागि ‘लाइफटाइम एक्सपेरियन्स (जीवनकाल अनुभव)’ को नारा पनि तय भैसकेको छ ।

रास्ट्रीय रुपमा भ्रमण बर्ष मनाउन लागि रहदा प्रदेश सरकार र स्थानीय तह पनि उत्तिकै लागि परिरहेको देखिन्छ।अझ धेरै  पर्यटन व्यावसायि  झन खुसी छन । चितवनको एकमात्र गाउपालिका इच्छाकामना पनि नेपाल भ्रमण बर्ष २०२० सफल पार्न इच्छाकामना भ्रमण बर्ष २०२० को लक्ष्यमा अगाडि बढेको छ। तर भ्रमणको लागि वातावरण मिलाउन भने इच्छाकामनाका सरोकारवाला हरु तयार देखिदैनन। राजनितीको छायामा छोपिएको छ अहिले इच्छाकामना मुख्य सरोकारवाला हरुले सामान्य कुरामा वैमनस्यता राख्दा हाम्रो मुख्य योजना हरुपो छायामा पर्छनकि भन्ने डर बढेको छ।

जुनसुकै कुरामा पनि राजनीति हुदा जनताको समस्या संग प्रत्यक्ष सरोकार राख्ने सबैले जनसरोकारको बिषयहरुलाइ कहाँ लगेर हल गर्ने भन्ने बिषयमा  अनभिज्ञता  देखियको छ । तपाईं हामि सबैसङ्ग सबै खाले समस्या ठोक्किन आइपुग्छ । त्यो समस्यालाइ हल गर्नु सबै राजनैतिक पार्टी प्रतिनिधि , सामाजिक अभियन्ता , सरोकार वालाको दायित्व हो । हामिसङ्ग विभिन्न स्थानिय तह र अन्य विभिन्न सम्बन्धित निकायहरु ( प्रहरी , समन्वय समिती , मिलमिलाप , न्यायलय ) छन । उनिहरुलाइ पनि हामिले चलायमान बनाउन पर्दछ । समाजमा सबैखालका मान्छे हुन्छ्न , सबैको राम्रै नियत हुनसक्छ भन्ने पनि होइन । इमान्दार, कर्तब्य निस्ठ समाजप्रती उत्तरदायी , समाजसेबी , शिक्षक , बुद्द्जिबी , व्यावसायि र अर्को तर्फ गुन्डा , तस्कर , डन , फटाहा , बलत्कारी , गलत नियत भयका मान्छेहरुपनी यहि समाजका पात्र हुन । यी सबैलाइ एकै ठाउमा राखेर समाजलाइ सुखी , समाजमा अमनचयन , बिकास निर्माण , आदि गर्दै अघि बढ्नु सामाजिक अभियन्ता , जनप्रतिनिधी र राजनैतिक दल , बुद्दिजिबी र शिक्षक को दायित्व हो ।

सामाजिक सद्भाव खलबलाउने , जातिय दङ्गा भड्काउने , बिकासबिरोधी मान्छे समाजको काडा जस्तै हुन,यस्तालाइ खोजिखोजी कठघरामा उभ्याउनु जरुरी छ । हामी सचेत हुन जरुरी छ । त्यसैले हामिले समस्या भेटियो भन्दैमा सामाजिक मिडियामा हंगामा गर्नु भन्दा पनि सम्बन्धित निकायमा पुर्याउने बानी को बिकास गर्न जरुरी देखिन्छ । नत्र तपाईं हाम्रो सार्बजनिक मिडियामा गरेको पोस्टले कति सामाजिक सद्भाव भड्किन्छ।कति मेलमिलाप बिग्रन्छ , कति जातिय दङ्गा भड्किन्छ र कति बिकासका काममा अबरोध पुग्छ भन्नेकुरा हामिले कल्पना पनि गर्न सक्दैनौ । त्यसैले न्यायपालिका ब्याबस्थापिका र कार्यपालिका को भरपुर प्रयोग नगर्दा यस्तो अबस्था आउने गर्दछ । त्यसैले समस्यालाइ पहिला सम्बन्धित निकायमै हल गरौ त्यसपछी पनि हल नभय मात्र मिडिया मा पुर्याउन जरुरी छ ।  एकै पटक मिडियाको दुरुपयोग गरेर तमासा बनाउदैमा समस्याको हल भैहाल्छ भन्ने नसोचौ । हामी सुध्रन जरुरी छ । समस्या भेटेपछी पहिला समस्या पहिचान गरौ, कुन वार्डको समस्या हो त्योवार्डमा समस्या लियर जाऔ , वार्डबाट हल नभय गाउपालिका छ, प्रदेस छ ,केन्द्रिय सरकार छ, त्यसको मातहतमा विभिन्न निकाय छ । यो बाट पनि हल नभय मिडिया छ । यो बाटो नै उपयुक्त छ जस्तो लाग्छ ।

हामी हामी बिच संबंध सुमधुर भएन हाम्रो ठाउको विकास हुन्छ। अनिपो समृद्ध इच्छाकामनाको नारा सफल हुदै भ्रमण वर्ष सफल हुन्छ। – जय होस इच्छाकामना गाउपालिकाको ।