
कैलाश काेइराला
सन्त, महन्तहरुमा सादर साष्टाङ्ग,
विशिष्ट महानुभाव, धार्मिक चिन्तक,
आध्यात्मिक व्यक्तित्व र
समाजसुधारकहरुमा प्रणाम,
पुज्य महानुभावहरु !
यो कुरा कुनै विवेकशील बन्धुवान्धबको जानकारीमा छ कि छैन ? आफ्नो धर्मप्राण देश नेपालमा आसुरी शक्तिहरुले आतंक, उपद्रव खडा गरेर शव्दको एकता अखण्डता एवं सामाजिक समरसतालाई ध्वस्त पार्न दुस्साहस गर्न खोजिरहेका छन् । यहाँको पुज्य धर्माचार्य र समाज विचारकले योग्य मार्गदर्शन गरी राष्ट्रलाई निरातंक बनाउन “कृपा”जरूरी छ। आज हाम्रो आफ्नो हिन्दु समाज अनेक विकृति, रुढिवादी अपनाएको कारणले स्वंय दुर्बल बनेको छ । आध्यात्मिक सस्कार शून्य षडयन्त्रकारी तत्त्वको चतुर प्रहारवाट सामाजिक समरसता र भावात्मक एकतामा भयंकर संकट उत्पन्न हुदै गएको छ। “हिन्दू” को मान बिन्दु र श्रद्धाकेन्द मिटाउने नित्य निरन्तर नयाँ नयाँ तरिकाले चलिराखेको छ। नयाँ नयाँ आयोजनाको माध्यमबाट हिन्दु धार्मिक भावनाको आहत गर्ने काम भैराखेको छ। यस विषम परिस्थितिमा यो आवश्यकता प्रतीत्य भैराखेको छ कि नेपालको हरेक ठाउँमा पुज्य सन्त-महन्त एवं धर्माचार्य गुरुहरु धेरै धेरै संख्यामा समावेश भएर सामाजिक समस्या गम्भीर चिन्तन गरी हिन्दु समाजलाई योग्य दिशा प्रदान गर्नलाई योगदान हुन जरुरी देख्दछु।
यस दृष्टिलाई मध्यनजर गर्दै पञ्चभाषा अन्तराष्ट्रिय विश्वविद्यालय वागेश्वरीमा निर्माण गर्न पाइला बढोस् भन्ने प्रार्थना गर्दछु। यसका लागि धर्म संसद अधिवेशन घोषणा गरी लाग्नुपर्छ भन्ने मान्नेता राख्दछु। जसरी नागपुर बैठकवाट धर्म संसद अधिवेशन नासिक, तिरुपति, काशी, गोहाटी तथा हरिद्वारमा सम्पन्न भएको थियो। २०३७ सालमा श्रीलंकामा सम्पन्न विश्व हिन्दू महासघंले नेपाललाई भगवान बुद्धको जन्मस्थल एवम विश्वको एकमात्र हिन्दूराष्ट्र भनी सवै भाषा र सस्कृतिको मुलस्थल मान्दै यहाँ संस्कृत, प्राकृत, पालि, गोर्खाली, जापानि आदि भाषामा अध्ययन गराउन पञ्चभाषा विश्वविद्यालय खोल्ने निर्णय भयको रैछ। उक्त प्रस्तावलाई कार्यान्वयन गर्ने दिशामा जापानका बौद्द धर्म संस्थाहरू एवं रेयुकाई जस्ता अन्तराष्ट्रिय सस्थाहरुले गुरू योगी नरहरिनाथ मार्फत पञ्चभाषा विश्वविद्यालयलाई योगदान दिने लिखित वचन दियको पाइयो । त्यसैले त म भन्छु हामीले इतिहास भत्काउने कोसिस गरेर भत्काउन खोज्यौं, इतिहास भत्काएर भत्किने “वस्तु “हो ? इतिहास त खोज,अनुसन्धान पनि हो, कालिगढले वनाएको पृथ्वीनारायण शाहको सालिक हेम्मरले भत्काएर के इतिहास भत्किन्छ ? इतिहास भनेको विगतको दस्तावेज हो, त्यसलाई वुझ्ने पढ्ने अनुसन्धान गर्ने विचार र दर्शनमा फरक हुन सक्छ । त्यसलाई टेकेर वर्तमान र भबिष्यको वाटो निर्धारण हुन सक्छ।
हामि अहिलेसम्म कुन वादमा लड्दै आएका छौँ, जसरी युरोपमा अहिले नाम चलेका विश्वविद्यालयहरु विभिन्न सम्प्रदायमा आवद्ध थिए, यसैगरी हाम्रो शैक्षिक संस्थाहरु विभिन्न वादमा आवद्ध भएका थिए, अस्कल अखिलको गढ, त्रि रचन्द नेविसङ्घको गढ, त्रि. वि. को छात्रवासमा अखिल र नेविसंघ बस्ने ब्लक नै फरक थियो। कृर्षी क्याम्पस रामपुर चितवनमा विभिन्न विधार्थी सम्प्रदायले खाना खाने मेच फरक थियो। चितवनमा नै सप्तगण्डकी वामपन्थी र वालकुमारी प्रजातन्त्रवादीको क्यापस भनेर चिन्निथो। यस्तै विपि क्यान्सर अस्पताल, त्यस्को मुल्य र महत्त्वको उपहास गरि वादका रुपमा समंरचना कब्जाको हेतु वामपन्थी सोचवाट राखेको देखिन्छ। बालकुमारी क्याम्पसमा “चिरन्जीवी “सरको हरेक पलपलका अनुभुतिहरु ती अध्ययन र अनुसन्धानका विषय वस्तु हुन्। त्यहाँका हरेक धुल, कर्ण, झार, पात, विरुवा भैतिक अभौतिक वस्तुहरु सग” चिरन्जीवी सर” साम्मिवेता तो आफैमा “अनुसन्धानको केन्द्र” हो भन्ने बुझ्छु म।त्यही वेक्ति लाई एउटा सन्चालन समितिको सस्दय राखिएन । अनि वादको रुपमा सरंचना कवब्जा गर्न खोज्ने वामपन्थी प्रजातान्त्रिक भन्नेबिच सोचमा के फरक रह्यौ ? सालिकलाई हतौडाले हानेर इतिहास मेटाउन खोजेको जस्तो भएन ? यो सबै अध्ययन, अनुसन्धान र अनुभवबाट एउटा के निस्कर्ष पुगेँ भने
वागेश्वरी आध्यात्मिक क्षेत्रमा नै किन त पञ्चभाषा भाषा विश्वविद्यालयभन्दा यस अभियानमाका थालनिकर्ता गुरु योगी नरहरिनाथले धैरे दृष्टिकोणले वागेश्वरी आध्यात्मिक परिषद् भएको ठाउँमा बनाउने संकल्प गर्नु भएको रहेछ।त्यस स्थापनाका लागी कार्य पनि धेरै अगाडि बढिसकेको पाइयो र धेरै नै प्रभुत्व मानिसहरु यसमा आवद्ध बनिसक्नु भएको रहेछ तर राजनिती खिँचातानी र ईसाइहरुको प्रभावमा परेको व्यवस्थाले गुम्राहमा पारेको देखियो र अहिले त्यसमा गुरु पिताम्बरले संकल्प गर्नु भएको छ र अन्य गुरुहरु पन साथमा हुनुहुन्छ । त्यतै प्रेम कैदी, ऋषीकेशजंग शाह लगायत स्थानीय रुपमा सयौँ मानिसहरु यसमा आवद्ध हुनुहुन्छ ।
आफ्नो धर्म, संस्कृति, पराम्परा, भाषा, कला विश्वमा चिनाउने मौका पनि हो । चितवनवासीको लागि यो त यौटा गौरवको बिषय पनि हो। नेपाली कला, संस्कृति, भाषा, राष्ट्रिय खेल,भेषभूषासँग परिचित बुद्धीजीवि विद्धान् व्यक्तिहरुको खाँचो पर्छ, जसले नेपाली एक मुठी माटो समातेर आत्मैबाट संकल्प गरेको होस्, जोसुकै देशभक्त पनि यो विशाल कार्यमा आवद्ध हुन जरुरी छ। प्राणीहरुमा मानव सर्वश्रेष्ठ जीव हो भन्ने कुरा बाेल्ले विकसित भाषाबाट बुझिन्छ । मानवसभ्यताको प्रारम्भ भएको आदिभाषा संस्कृत नै हो, मानवजातिको प्रथम मातृभाषा हो, संस्कृतपछि प्राकृत अनि पालि हुदै आजको अवस्थासम्म आइपुगेको हो, मान्छेले अहिले बाेल्ले भाषा हजारौं छन्। त्यसैले हामिलाई बच्चामा एउटा शिक्षा दिइन्थ्यो देव्रे र दाहिनेको बारेमा- देव्रे हातले दिशा धुने, दाहिने हातले भात खाने हो। विचारमा पनि लेफ्ट र राइट भनियो तर आफुलाई राईट भन्नेले एउटा औँला भाचिँदा लेफ्टबाट काम चलाउन थालिसकेको परिपेक्ष्यमा श्री वागेश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष श्री शैलेन्द्रकुमार पियाज्युलाई सम्मानपुर्वक अनुरोध गर्न चाहन्छु सल्यानमा जन्मिएका ॠषिजी लगायत कैयन नेपालको दुरदराजमा जन्मिएका व्यक्तिले चितवनको बागेश्वरीमा पञ्चभाषा विश्वविद्यालय बनाउने अभियानमा जुट्नु भएको छ भने आफ्नो पहिचानको इतिहास निर्माण गर्न सुनौलो मौका नगुमाउनु होला समय बलवान् छ आउँछ पर्खिँदैन। मानिस जीवित रहदासम्म अहंकार ऊसँग रहन्छ, मृत्यु मात्र अहंकारनाशको उपाय होइन। जीवन रहँदारहँदै अहंकार हटाउने उपाय छ, समात्त भएर जानु स्वयंलाई समर्पित गरिदिनु । प्रयत्न अनि प्रार्थना दुवैको समन्वयमा आत्मासमर्पण गरिदिनु तब नै रहन सक्किन्छ, नत्र समाप्त भइन्छ । यही अभियानबाट नै मानवबिच भ्रातृत्वकाे भावना पैदा गर्नतिर लागौँ, त्यो नै धेरै ठुलो कुरा हो।
असत्य कुत: विद्या अविधास्या कुत: धनम्।
अधनस्य कुत: मित्रम् अभित्रस्य कुत सुखम।।