
चितवन, २९ चैत ।
आसन्न स्थानीय तहको निर्बाचनमा नेपाली काङ्ग्रेस चितवनका पुराना एब जनताका माझ अति लोकप्रिय नेता देबेन्द्र गुरुङ भरतपुर माहानगर पालिकाको उप मेयरमा उठ्ने भए सगै उनको निकै चर्चा हुन थालेको छ । पटक-पटक चितवन काङ्ग्रेसको विभिन्न तहमा रहेर बागडोर सम्हालेका गुरुङले पार्टीमा अतुलनीय योगदान पुर्याउनु भएको नेता तथा कार्यकर्ताहरुको भनाइ रहेको छ ।
दोस्रो दिन सोमबार पार्टी कार्यालय कमलनगर नारायणगढ पुगी भरतपुर महानगर कार्यसमिति समक्ष उनले आफ्नो आकांक्षा राखेका हुन ।
उपमेयर पदका अकांक्षी गुरुङले चितवनमा कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन आफूले उपमेयर पदमा चुनाव लड्ने चाहना राखेको बताए । उनले भने, ‘ भरतपुरलाई भौतिक पूर्वाधार र साधनस्रोतका हिसाबले विश्वकै प्रतिष्ठित सहर बनाउन सकिन्छ । यसका लागि भिजन, मिसन र काम सबै चाहिन्छ । यी सबैका लागि म सधै तयार छु ।’ भरतपुर हामी सबैको साझा चौतारी हो , यो चौतारीमा आमनागरिक अटनु पर्छ भन्ने मेरो मान्यता हो गुरुङले भने ।
पार्टीले विश्वास गरेर आधिकारिक उमेदवार बनाए जित्नेमा दुइ मत नै नरहेको उनको भनाई छ । ३ कार्यकाल पार्टी जिल्ला सचिबको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका गुरुङ ४ पटक काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । गुरुङ २०३३ सालबाट पार्टीमा आवद्ध भएका थिए ।
बि.सं. २०६२/६३ सालको जनआन्दोलनमा गुरुङले पार्टीको तर्फबाट प्रशंसा योग्य काम गरेर सबैको मन जितेका थिए । सो क्रममा उनि प्रहरीको कुटपिटदेखि गिरफ्तारीसम्म परेका थिए । उनि संयुक्त जनआन्दोलन समिति चितवनको तत्कालिन सचिव समेत हुन ।
निष्ठाको राजनीतिमा विश्वास राख्ने गुरुङ काँग्रेसीहरुमाझ इमानदार नेताको रुपमा परिचित छन । उनि निकटका नेताहरुले उप–मेयरमा जित सुनिश्चित रहेको दाबी गरेका छन ।
गुरुङले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा सक्रिय भुमिका निर्बाह गरेका थिए । गुरुङले २०३९ सालमा नेपाल युबक सगठन चितवनको सचिब र २०४४ देखि २०४५ सम्म सोही सगठनकाे सभापति बनेर पार्टी र आम जनताको पक्षमा उल्लेखनीय काम र वकालत गर्ने मौका पाएका थिए । जनआन्दोलनको क्रममा राजधानी केन्द्रित काठमाडौमा प्रहरी द्वारा पटक-पटक गिरफ्तारमा परेका थिए गुरुङ । २०५८ साल देखि २०६१ साल सम्म ६ पटक उनी प्रहरी द्वारा गिरफ्तार भएका थिए । पटकपटकका आन्दोलनमा परेर उनले कयौं महिना जेल जीवन समेत बिताएका छन् ।
२०६२ सालमा नेपाली काङ्ग्रेस चितवनको कार्यबाहक सभापति भएर पार्टीको मुल्य र मान्यतामा आधारित रहि निशठावान सेबकको रुपमा काम गरेको अनुभव छ गुरुङसग । उनी सग २०६४ साल देखि हाल सम्म नेपाली काङ्ग्रेस चितवनको जिल्ला कार्यसम्पादन समितिमा रहेर काम गरेको अनुभव छ । त्यस्तै नेपाली काङ्ग्रेसको १४ औ माहाधिबेशनमा माहाधिबेशन प्रतिनिधि र माहासमिती सदस्य भइ हाल पार्टीको काममा दिनरात ब्यस्त छन ।
भरतपुरको उप–मेयरमा गुरुङसहित २४ जनाको उमेदवारी परेको छ ।