– नवराज न्याैपाने ‘माैन’
उमेरले पचास वर्ष नाघेपछि मानिसका चाहना र रहरहरु पनि पातलिदै र परिवर्तन हुँदै जाने रहेछन् । अाफ्ना बाल्यकाल र युवावस्थामा पूरा हुन नसकेका हजाराैं रहरहरु बुढेसकालमा पूरा हाेऊन् भनेर मनले कल्पना गर्दाे रहेछ । हाे, कल्पनारुपी संसार नै सबभन्दा फराकिलाे र प्रतीक्षारुपी पुल नै सबभन्दा लामाे हुने रहेछ ।
मेराे बालापन गरीबीमा र युवावस्था व्यस्ततामा बित्याे । कष्टकर , अस्तव्यस्त र अव्यवस्थित जिन्दगी जिउदा जिउदै उमेरेले पचास नाघ्याे । बितेका ती सारा दु: खद दिनहरु स्मृतिपर्दामा फिल्मी दृश्यझै अाउदै जाँदै गरिरहेछन् । विगतलाई सम्झनु नराम्रो काम त हाेइन, तर विगत सम्झेर पिराेलिनु चाहिँ नराम्रो काम हाे ।
अाफ्ना यावत् अाशा र रहरलाई तिलाञ्जली दिएर अरुकाे खुशीकाे निम्ति यन्त्रवत खटिएर इमान्दारी र बफादारी प्रस्तुत गरे पनि भित्री मन भने एकान्तमा राेइरहन्थ्याे । साँच्चै भूपी शेरचनकाे ‘ ए जून!’ शीर्षककाे कविताले मेरै व्यथा बाेलेजस्ताे लाग्छ ।
मभित्रकाे एउटा मनले भन्छ – समयले तँलाई छलेर गयाे । अर्को मनले भन्छ- तँ समय अनुसार चल्न सकेनस् । मैले निर्माण गरेका पुलहरुमुनि कति पानी बगेर गयाे, तर मेराे जीवनबाट दु:ख पीडाकाे अन्त्य कहिल्यै हुन सकेन ।
विलियम शेक्सपियरले भनेका छन्- पागल, कवि र प्रेमीकाे कल्पनाशक्ति अत्यधिक तीव्र हुन्छ । यीमध्ये म कुनमा परेंहुँला, अाफैलाई थाहा छैन । मनमा भावनाका छालहरु उर्लिएर अाइरहन्छन् । स्मृतिदंशले नीदलाई पनि नअाइज भनिरहेकाे हुन्छ । अाँखाले देखेकाे, व्रह्मले बुझेकाे र प्रमाणले प्रष्ट्याएका कतिपय कुराहरु कलमले पनि लेख्न सक्दाे रहेनछ । शहरकाे एकान्त काेठामा बसेर र झरेका सपनाका पातहरुमा टेकेर एउटा उदाश जिन्दगी जिइरहेकाे छु । तर पनि याे मन अाशावादी हुनबाट कहिल्यै राेकिएकाे छैन । सबैकाे जय हाेस्!