समाजसेवी होमनाथ घिमिरे सस्मरणात्मक ग्रन्थ लोकार्पण तथा परिचर्चा कार्यक्रम विजया भवानी मा वि मकैसिङमा सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक सदस्य द्रोणप्रसाद अधिकारीको अध्यक्षता र युरोपियन युनियन तथा बेल्जियमका पूर्व राजदुत प्रमेश हमाल र हिमनदी , हिमजल विज्ञान विशेषज्ञ तथा नेपाल सरकारको सेवा निवृत सहसचिवओमरत्न बज्राचार्य को संयुक्त प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सर्वशान्ति मा वि का पूर्व प्र अ एकराज शर्माले संचालन गर्नुभएको थियो । संस्मरणात्मक ग्रन्थका संरक्षक बेदकुमारी घिमिरे सल्लाहकार समितीका रमेश्चन्द्र कट्टेल , बद्रीप्रसाद घिमिरे , अम्बिका अर्याल , लगाय आयोजक परिवार जनका अन्य सदस्य , कृतिका सम्पादक मण्डल , कृतिका प्रकाशक रञ्जन घिमिरे, बिजया भवानि माविका प्र अ ,बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि , पूर्व प्र अ , विभिन्न राजनितिक दलका प्रतिनिधि ज्यू हरुको आतिथ्यतामा भएको उक्त कार्यक्रममा शिक्षक ,अभिभावक तथा विद्यार्थी हरुको यथेष्ट उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालय प्रअ ठाकुर गुरुङले स्वागत मन्तव्यका क्रममा विद्यालयको भौतिक साथै शैक्षिक गुणस्तर सुधार नै यस विद्यालयका संस्थापक स्व होमनाथ घिमिरेको स्वप्ना साकार पार्नु हो भन्ने धारणा राख्नुभयो । प्रमुख अतिथि, अतिथि साथै कार्यक्रमका अध्यक्ष बाट दिबङ्गत ब्याक्तित्व क्या शंशेर बहादुर गुरुङ तथा होमनाथ घिमिरेको शालिक तथा फोटोमा माल्यार्पण साथै उहाँहरुकै बाहुलीबाट कृति विमोचन गरिएको थियो ।विभिन्न राजनितिक दलका प्रतिनिधि , वि ब्य स , अभिभावक एवं शिक्षकहरु बाट शुभकामना मन्तव्य राख्नुभएको थियो । विमोचित कृतिका विविध पक्षवारे इच्छाकामना साहित्य प्रवाह का अध्यक्ष कृष्णप्रसाद पोखरेलले सारसंक्षेपमा समीक्षा प्रस्तुत गर्नु भएको थियोे। बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष चन्द्रबहादुर गुरुङले निस्वार्थ सेवामा समर्पित होमनाथ घिमिरेजस्ता समाज सेविको अभाव सदैव खड्किने धारणा राख्नुभयो ।
समाजसेवी तथा ने का स्थानीय नेता कपिलप्रसाद अधिकारीले २०२५ सालमा मकैसिङमा हाईस्कुल खोल्न स्व घिमिरेले निकै गहन भूमिका खेल्नुभएको र जीवनको पछिल्लो समयसम्म पनि उत्तिकै सकृय रहेको धरणा राख्नुभयो । शिक्षक बिलबहादुर चेपाङले “इच्छाशक्ती भएमा कसैलाई केहिले छेक्न सक्दैन” भनेझैं उमेरमा चौरासी कटिसक्दा पनि स्व होमनाथ घिमिरे सामाजिक कार्यमा सदा नेतृत्वदायी भूमिकामा रहि आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्थ्यो भन्ने धारणा राख्नुभएको थियो । नेकपा गण्डकी प्रदेश सदस्य दीपक तिमल्सेना ( साकार) ले ” मरेकाहरुबाट बाँचेकाहरुले नसिके बाँचेकाहरु पनि मरेतुल्य हुन्छ ” भन्ने धारणा राख्दै हामीले पनि दिवंगत बाट सच्चा कामको अनुसरण गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
विजयाभवानी मा वि का शिक्षक यदुप्रसाद अधिकारीले होमनाथ घिमिरेको इमानदारिता कर्तव्यमिष्टताका वारे धारणा राख्दै एक असल अभिभावक गुमाउनु परेकोमा दुख ब्यक्त गर्नुभयो । प्रमुख अतिथि ओमरत्न बज्राचार्यले २०३४ सालमा रा वि सेवा अन्तर्गत विजया भवानी मा वि मकैसिङ हाम्रोसेवाकेन्द्र परेको हुँदा हाम्रो मकैसिङ बसाइमा होमनाथ ज्यू र उहाका परिवारका सदस्यहरुबाट प्राप्त आत्मियताका लागि सह्राना गर्नुभयो । त्यस्तै प्रमुख अतिथि प्रमेश हमालले त्यति बेला हामी पञ्चायत बिरोधी भैकन पनि प्रधान्पञ्चको घरमा सुरक्षित सेल्टर लिएर कामगरेको धारणा राख्नुभयो ।
उहाँहरुको सक्रीयतामा सन्चालन गरिएको ज्ञान बर्धक भित्तेपतृका प्रकाशनमा राजनीतिकरण भयो भनी रिपोर्ट परेकोमा क्या शंशेरबहादुर गुरुङ र होमनाथ अबलोकनका लागि जानुहुँदा हामिले टाँसिएका पत्रीका सबै सुनाए पछि उहाँहरु कन्भेन्स भएर गएको कुरा उल्लेख गर्नुभयो । हाल विद्यालयले पुन प्रकाशन सुरु गरेकोमा खुशी व्यक्त गर्नुभयो । मन्तव्य पश्चात् सभापति बाट कार्यक्रमको समापन भएको घोषणा गर्नुभयो ।कार्यक्रम समापन पश्चात् चिया खाजाको व्यवस्था गरिएको थियो । दिवङ्गत पिताको पूण्ड्य तिथिका अवसरमा यसरी परिवार जन बाट संस्मरणात्मक कृति प्रकाशित गरिनु भावी पिढिका लागि अनुकरणात्मककार्य भएको सबैले धारणा राखेका छन ।