भरतपुर : साप्ताहिक सञ्जाल चितवनको अध्यक्षमा सूर्य वराल चयन भएका छन् । भरतपुर महानगर २९ भतेरी स्थित फनपार्क रिर्सोटमा शनिबार सम्पन्न प्रथम अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो
उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह–सचिवमा बबिलाल तामाङ र कोषाअध्यक्षमा हरि लक्की कार्की निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यमा ,हरि प्रसाद भुवन उप्रेती र पछि दुई सदस्य थप्ने गरि कार्यसमिति चयन भएको छ भने प्रवक्तामा नबिन बाबु मरहट्टालाई चयन गरिएको छ ।
पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वागमती प्रदेशका सुचना तथा पुनरावेदन समितिका अध्यक्ष हरि अधिकारी, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारी, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, युनियनका जिल्ला अध्यक्ष अनिल ढाकाल भरतपुर २९ का वडाध्यक्ष सूर्य बहादुर गुरुङ राजधानी आस्थाका सञ्चालक नवराज ढाकालले शुभकामना मन्तव्य राखेका थिए ।
साप्ताहिक सञ्जालका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
४ युवा पत्रकारलाई ‘युवा पत्रकार सम्मान २०८०’
सोही अवसरमा ४ जान साप्ताहिक पत्रिकामा काम गरेका युवा पत्रकारलाई ‘युवा पत्रकार सम्मान २०८०’ बाट सम्मानित गरिएको थियो । युवा पत्रकार टेकराज पोख्रेरल (आन्नद), सुरेन्द्र कुवँर (सुरेन), हिरालाल गुरुङ् र सरोज उपरकोटीलाई ‘युवा पत्रकार सम्मान २०८०’ बाट सम्मान गरिएको उपाध्यक्ष राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगर वडा नं. २९ वडा अध्यक्ष सूर्य बहादुर गुरुङ्ग, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन नेपाल चितवनका अध्यक्ष अनिल ढकाल, राजधानी आस्थाका संचालक नवराज ढकालले मन्तव्य दिएका थिए ।


इच्छाखबर संवाददाता












