इच्छाकामना : नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको छ । सात वटै वडामा आज अभियानको उद्घाटन गरिएको हो । यसैक्रममा माओवादी केन्द्र वडा नम्बर ३ ले चुम्लिङटारमा सरसफाई प्रवर्धन सम्बन्धी कार्यक्रम गरि अभियानको सुरुवात गरेको छ ।द सेवा नेपालका अध्यक्ष श्रीेरेन्द्रप्रकाश पोखरेलले सरसफाई प्रवर्धन बारे प्रशिक्षण दिनुभएको थियो ।
माओवादी केन्द्रका प्रदेश सल्लाहकार गोवद्र्धन अधिकारी नेकपा माओवादी केन्द्र इच्छाकामनाका संयोजक सावित्रा सिलवाल, जिल्ला सदस्य तुल बहादुर गुरुङ,अप्सरा पौडेल, कृष्णप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । यसैबिच सहिद अम्मर पाख्रिन दोर्जेकी आमा सुकमाया पाख्रिनलाई खाता ओडाएर सम्मान गरिएको थियो ।
वडा नम्बर ४ मा पनि एक कार्यक्रमकाबिच अभियानको उद्घाटन गरिएको छ। इश्वर रेग्मिको प्रमुख आतिथ्यता तथा वडा कमिटीका अध्यक्ष खड्क बहादुर मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सदस्य सम्झना खड्का सिलवाल, हरि सुनार, इन्द्र माया मगर लगायतको उपस्थिति रहेको थियो ।