कुरिनटार ः बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कटेल भदौँ २० गते कुरिनटार आउने भएको छ । धादिङ चेली इच्छाकामना सहयात्री संस्थाद्धारा आयोजित बृहत तीज गीत प्रतियोगिता कार्यक्रमको मुख्य अतिथिको रुपमा कुरिनटार आउन लागेका हुन् ।
धादिङ चेली इच्छाकामना महिला सहयात्रि संस्थाले नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा भदौ २० गते श्री कृष्ण जन्माष्टमीको दिन कुरिनटारमा वृहत तीजगीत प्रतियोगिता आयोजना गरेका हो ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतिय हुनेलाई ५ हजार र सान्त्वना हुने २ टिमलाई ३ हजार सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने संस्थाका अध्यक्ष रीता अर्याल नेपालले जानकारी दिइन् ।
प्रतियोगितामा सहभागीताको लागि टिम दर्ता शुल्क ३ सय तोकिएका छ भने भदौ २० गते बिहान १०ः०० बजे भित्र सम्म टिम दर्ता गरि सक्नु पर्नेछ । यस्तै प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई यातायात खर्च वापत १ हजार रुपैया प्रदान गरिने पनि अध्यक्ष नेपालले बताइन् ।
प्रतियोगितामा इच्छाकामनासहित छिमेकी पालिकाहरुबाट पनि सहभागिता जनाउन सक्ने उनले बताइन् ।
इच्छाखबर संवाददाता












