Banner News

इच्छाकामनामा पछिल्लो २४ घण्टामा थपिए १३ जना डेङ्गु संक्रमित

इच्छाकामनामा पछिल्लो २४ घण्टामा थपिए १३ जना  डेङ्गु संक्रमित
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा डेङ्गु रोगको संक्रमण झन बढ्दै गएको छ । गाउँपालिकाको एकमात्र अस्पताल इच्छाकामना आधारभुत अस्पतालले आज सार्वजनिक गरेको डेङ्गु संक्रमितको अपडेट अनुसार इच्छाकामनामा डेङ्गु संक्रमण झन्झन् बढ्दै गएको पाइएको हो ।अपडेट अनुसार आज मात्रै नयाँ १३ जनामा डेंगु संक्रमण देखिएको छ । यो संगै इच्छाकामनामा डेंगु संक्रमितको संख्या ९४ पुगेको छ ।आज थपिएको संक्रमितहरु मध्य वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ८ जना र वडा नं. ५ मा ३ जना साथै जिल्ला बाहिरको १ जन...

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न चीनसँग पनि सहयोग माग्दै सरकार

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न चीनसँग पनि सहयोग माग्दै सरकार
चितवन  : त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ ।गृह मन्त्रालयका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको हो । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् । अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

चितवनमा कार र मोटरसाइकल ठोक्किदाँ एक सैनिकको मृत्यु, एक जना गम्भिर घाइते

चितवनमा कार र मोटरसाइकल ठोक्किदाँ एक सैनिकको मृत्यु, एक जना गम्भिर घाइते
चितवन : चितवनमा सवारी दुर्घटना हुदाँ एक नेपाली सैनिकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता प्रहरी नायब निरिक्षक भेषराज रिजालका अनुसार  मङ्गलबार साँझ ७ : २५ बजे  पोखरा बसपार्कबाट रामनगर तर्फ आउँदै गरेको बा.प्र.०१–०२८च ३२८९ नं. को कारमा बिपरित दिशाबाट आइरहेको ग २०प ८३१८ नं. को माटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई पोखरा बसपार्क नकिज सडक छेउमा रहेको पर्खालमा ठोक्किन पुग्दा घाइते भएका मोटरसाइकलमा सवार २  नम्बर बिपत ब्यबस्थापन गण रसौली ब्य...

त्रिशूली नदीमा आठ वर्षमा ५५ जना बेपत्ता

त्रिशूली नदीमा आठ वर्षमा  ५५ जना बेपत्ता
चितवन :  नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३-७४ मा पाँचवटा, २०७४-७५ मा चारवटा, २०७५-७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६-७७ मा एउटा, २०७७-७८ मा एउटा, २०७९-८० मा एउटा र २०८०-८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् ।...

आज यी ६ प्रदेशमा भारी वर्षको सम्भावना

आज यी ६ प्रदेशमा भारी वर्षको सम्भावना
काठमाडौं : देशका विभिन्न स्थानमा राति नै देखि वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षा भइरहेको छ। दिउँसो  पनि सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। राति देशभर स...

गण्डकी गाउँपालिकाले तरकारी ढुवानीको सहजताका लागि विद्युतीय रोपवे सञ्चालन गर्ने

गण्डकी गाउँपालिकाले तरकारी ढुवानीको सहजताका लागि विद्युतीय रोपवे सञ्चालन गर्ने
गण्डकी  :तरकारी ढुवानीको सहजताका लागि गोरखाको गण्डकी गाउँपालिकाले विद्युतीय रोपवे सञ्चालन गर्ने भएको छ । विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्धारा विस्तृत प्राविधिक स्थलगत अध्ययन समेत सम्पन्न गरेको छ । केही वर्ष अघिसम्म हाते रोपवे सञ्चालनमा आएको तथा हाल बन्द रहेको हिक्लुङ थुम्कामा थप स्तरोन्नती गरी विद्युतीय रोपवे सञ्चालन गरी तरकारी तथा सामान ढुवानी गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्स...

बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमती प्रदेशका  मुख्यमन्त्री लामाले पाए विश्वासको मत
हेटौँडा :   बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्।प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित १०३ जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो। प्रस्तावको विपक्षमा ३५ र तटस्थमा ३ मत परेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेकपा एमालेको २७ गरी जम्मा ६४ मत खसेको हो। विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा तीन लाखभन्दा बढि पर्यटकले गरे अवलोकन

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा तीन लाखभन्दा बढि पर्यटकले गरे अवलोकन
चितवन, १५ साउन : अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्...

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा
हेटौँडा :   बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज  विश्वासको मत लिने भएका छन्।नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि  प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री ला...

साउन १५ आज , खीर खाएर मनाइँदै

साउन १५ आज  , खीर खाएर मनाइँदै
चितवन  :  साउन १५ गते। मंगलबार नेपाली समाजमा खीर खाएर मनाइँदै छ।  दूधमा चामल मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई बताउँछन्। साउन महिनामा हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेर...