चितवन : चितवनमा सवारी दुर्घटना हुदाँ एक नेपाली सैनिकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता प्रहरी नायब निरिक्षक भेषराज रिजालका अनुसार  मङ्गलबार साँझ ७ : २५ बजे  पोखरा बसपार्कबाट रामनगर तर्फ आउँदै गरेको बा.प्र.०१–०२८च ३२८९ नं. को कारमा बिपरित दिशाबाट आइरहेको ग २०प ८३१८ नं. को माटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई पोखरा बसपार्क नकिज सडक छेउमा रहेको पर्खालमा ठोक्किन पुग्दा घाइते भएका मोटरसाइकलमा सवार २  नम्बर बिपत ब्यबस्थापन गण रसौली ब्यारेकमा कार्यरत तनहुँको भानु नगरपालिका १२ बस्ने बर्ष अन्दाजी २७ को सिपाही निगम नेपाली सार्कीको उपचारका क्रममा राती ८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा परि तनहुँको बन्दिपुर गाउँपालिका.३ बस्ने बर्ष २६ को दिनेश थापा गम्भिर घाइते भएका  छन् । थापाको  नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको  छ । कार चालक धादिङको धुनिबेँसी नगरपालिका ७  बस्ने बर्ष ४२ को राजु भण्डारी र कार जिल्ला प्रहरी  कार्यालय चितवनको नियन्त्रण रहेको उहाँले जानकारी दिनुभयो ।