
चितवन : संविधान सभा सदस्य एवं नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । नेकपा (एमाले) को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।
अधिवक्तासमेत रहनुभएका पोखरेल चितवन–२ बाट एकपटक संविधानसभा सदस्य र अर्कोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०७९ को प्रतिनिधिसभा सदस्यमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुदाँ पोखरेल तेश्रो हुनुभएको थियो ।
नेकपा एमाले चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका पोखरेल कार्यकर्तामाझ लोकप्रिय नेता हुनुहुन्छ ।