Banner News

एकैपटक २१ जना सचिवको सरुवा

एकैपटक २१ जना सचिवको सरुवा
काठमाडौं :  सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकैपटक करिव दुई दर्जन सचिवहरुको सरुवा गरेको हो । मन्त्रिपरिषदका एक सदस्यका अनुसार सचिव सरुवा हुने क्रममा अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा. रामप्रसाद घिमिरेले पाएका छन् । यस्तै अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । यस्तै मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रा...

विपदका कारण आज सम्म १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

विपदका कारण  आज सम्म १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता
काठमाडौँ :  गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्। प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपदमा काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान ...

मुग्लिन पुलबाट हाम फालेर एक युवक वेपत्ता

मुग्लिन पुलबाट हाम फालेर एक युवक वेपत्ता
मुग्लिन ,१४ साउन :  मुग्लिन पुलबाट हाम फालेर एक युवक वेपत्ता भएका छन् । केहीबेर अघि मात्र मुग्लिनको पुरानो पुलबाट हाम फालेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । अहिले घटना स्थलमा प्रहरी पुगेको छ ।  

भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल

भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल
चितवन  : भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई आज दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिए । उनले भने, “हिजो टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु प¥यो, सेवा नलिई बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउन...

पोखरामा स्कुल बस दुर्घटना हुदाँ आमा र छोराको मृत्यु

पोखरामा  स्कुल बस दुर्घटना हुदाँ आमा र छोराको मृत्यु
कास्की १४ साउन ।  पोखरामा बिहान भएको बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरती विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि मृत्यु भएको हो। दुर्घटनामा घाइते उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो। बसमा सवार अन्य घाइतेहरूको पोखराका विभिन्न तीन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस स्क...

सिमलताल दुर्घटना: बस खोजी गर्ने क्रममा हराएको चुम्बक भेटियो

सिमलताल दुर्घटना: बस खोजी गर्ने क्रममा हराएको चुम्बक भेटियो
मुग्लिन १४ साउन  :   सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो । उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए । गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ न...

बाह्रसिङ्गे कुरिनटारमा रक्तदान कार्यक्रम सम्पन्न

बाह्रसिङ्गे कुरिनटारमा रक्तदान कार्यक्रम सम्पन्न
कुरिनटार, १३ साउन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ४ स्थित कुरिनटारमा रहेको बाह्रसिंगे बियर फ्याक्ट्रीेको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो कल्याणकारी बचत बाह्रसिङ्गे भरतपुरको आयोजना र रेडक्रस सोसाइटी चितवनको प्राविधिक सहयोगमा आईतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १०४ जना रक्तदाताले रक्तदान गरेको बाह्रसिंगे बियर फ्याक्ट्रीका प्रबन्धक तथा हाम्रो कल्याणकारी बचतका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार...

सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ताको सम्झनामा कुरिनटारमा दीप प्रज्वलन

सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ताको सम्झनामा कुरिनटारमा दीप प्रज्वलन
कुरिनटार,१३ साउन । सौर्य सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुप्रति भवपूर्ण श्रद्धञ्जली अर्पण तथा आत्माको चिरशान्तीको कामना गर्दै चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको छ।  विश्व हिन्दु महासंघ इच्छाकमनाको आयोजनामा आइतबार इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको हो । विश्व हिन्दु महासंघले दुबै दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुको सम्झनामा जिल्लाका सबै स्थानीय तहमा दीप्रज्वलन गरिएको यादव प्रसाद अधिकारीले जानका...

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर,९ महिना कैद र ६९ लाख जरिवाना

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर,९ महिना कैद र ६९ लाख जरिवाना
काठमाडौँ :  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सर्वोच्च अदालतले गरेको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनलाई उक्त सजाय सुनाएको हो। इजलासले ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ। दिनेशराज जोशीको भने पुनरावेदन जिकिर नपुग्ने इजलासले ठहर गरेको छ। यसअघि गत असार २० गते सोही इजलासले दुवै पक्षको सुनुवाइ सकेर निर्णय सुनाउने मिति आजका लागि तोकेको थियो।...

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो, नेपालले खोजी जारी राख्ने

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो, नेपालले खोजी जारी राख्ने
चितवन : नारायणगढ मुग्लिन सडक खण्डको   चितवनको भरतपुर २९ सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएका छन्। बस र यात्रुको खोजीका लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए। सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले संयुक्त रूपमा घटनास्थल सिमलतालदेखि केराबारी देवघाट शिवघाट सम्म खोजी गरेका थिए। भारतीय टोली ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको ...