कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा डेङ्गु रोगको संक्रमण झन बढ्दै गएको छ । गाउँपालिकाको एकमात्र अस्पताल इच्छाकामना आधारभुत अस्पतालले आज सार्वजनिक गरेको डेङ्गु संक्रमितको अपडेट अनुसार इच्छाकामनामा डेङ्गु संक्रमण झन्झन् बढ्दै गएको पाइएको हो ।अपडेट अनुसार आज मात्रै नयाँ १३ जनामा डेंगु संक्रमण देखिएको छ । यो संगै इच्छाकामनामा डेंगु संक्रमितको संख्या ९४ पुगेको छ ।आज थपिएको संक्रमितहरु मध्य वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ८ जना र वडा नं. ५ मा ३ जना साथै जिल्ला बाहिरको १ जना रहेका छन् ।  डेङ्गु संक्रमण बढ्दै गएपछि गाउँपालिकाले लार्भा खोज र नष्ट गर अभियान तथा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।