Banner News

बागमती , गण्डकी ,कोशी र पश्चिम क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बागमती , गण्डकी ,कोशी र पश्चिम क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका केहीस्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, बागम...

घोप्टेभीरको पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सुचारु

मुग्लिन२१ भदौ :    पहिरोका कारण अवरुद्ध पृथ्वीरजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बर्षासगैँ चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरमा शुक्रबार बिहान ७ : २५ बजे सडकमाथिबाट लेदो सहित पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।  अहिले पहिरो हटाई दुईतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ।

आज हरितालिका तीज, सनातन धर्मावलम्बी महिला व्रत तथा पूजा-आराधना गरी मनाउँदै

काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात्  मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। ...

इच्छाकामनाको चुमखोला र गण्डकीको बुटार जोड्ने पुल सञ्चालन

इच्छाकामनाको चुमखोला  र गण्डकीको बुटार जोड्ने पुल सञ्चालन
गोरखा,१९  भदौ  : गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्खोला जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ । गोरखा सडक योजनाको समन्वयमा वुट्टारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी लिमिटेडले उक्त ब्रिज बनाइएको हो । आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) र चितवनको इच्छाकामना गाउँपालिक...

इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा मुग्लिनको इच्छाकामना त्रिवेणी कलाकेन्द्र पहिलो

इच्छाकामना गाउँपालिकाको तीजगीत प्रतियोगितामा मुग्लिनको इच्छाकामना त्रिवेणी कलाकेन्द्र पहिलो
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा भएको तीजगीत प्रतियोगितामा इच्छाकामना त्रिवेणी कलाकेन्द्र मुग्लिनको समूह प्रथम भएको छ । आज भएको प्रतियोगितामा ११ टिमलाई पछि पार्दै कलाकेन्द्र प्रथम भएको हो ।  प्रथम भएसँगै इच्छाकामना त्रिवेणी कलाकेन्द्रले नगद २० हजार र प्रमाणपत्र पाएको छ भने प्रतियोगितामा दोस्रो भएको कर्तव्यनिष्ठ महिला समूह मुग्लिनले नगद १३ हजार ५ सय र प्रमाणपत्र पाएको छ । यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल कुरिनटार प्रगती पाठशालाले नग...

कुरिनघाटमा बस र ट्रक आपसमा ठोक्किँदा ४ जना घाइते

कुरिनघाटमा बस र ट्रक आपसमा ठोक्किँदा ४ जना घाइते
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा बस र ट्रक आपसमा ठोक्किँदा बसमा सवार ४ जना घाइते भएका छन् । आज बिहान ३ बजेको समयमा सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७३३४ नम्बरको बसलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३–००१ ख २०९४ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुवै सवारी साधनमा सामान्य क्षति भएको र बस गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । काठमाडौँमै उपचार गर्ने भनि घाइतेहरु पनि सोहि बसमा चढी गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइ...

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल ‘भोला’

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल ‘भोला’
कुरिनटार : नेकपा एमाले इच्छाकामना गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा घनश्याम सिलवाल ‘भोला’ सर्वसम्मत निर्वाचित भएको छ । आज मंगलबार सम्पन्न एमाले इच्छाकामना ४ को दोस्रो वडाअधिवेशनले सिलवालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ वडासमिति चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा बुद्धिबल राना, सचिवमा तुलसी त्रिपाठी, उपसचिवमा राजु थापा मगर र फुलमाया गुरुङलाई सर्वसम्मत चयन गरेको छ । इच्छाकामना ४ का वडाकमिटि अध्यक्ष रामचन्द्र त्रिपाठीको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाट...

आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो

आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ। गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम महिला सङ्घले ३५ रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बिरुवा रोपेको हो। गत साउन २५ गतेदेखि भदौ पहिलो सातासम्म सयपत्रीका बिरुवा रोपिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनले भने, ‘गतवर्ष पहिलो पटक यसै ठाउँमा सयपत्री फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको ...

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । उहाँले भन्नुभयो, “दशैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यक...

जवाङ खोलामा ट्रक र कार ठोक्किदाँ एक जना घाइते

जवाङ खोलामा ट्रक र कार ठोक्किदाँ  एक जना घाइते
धादिङ :  मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। दुर्घटनामा कार चालक घाइते भएका छन्। धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन्। थप घटनाको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। तस्बिर :  मुग्लिन बजार