Banner News

अमेरिकामा एक नेपाली पुरुष मृत फेला

अमेरिकामा एक नेपाली पुरुष मृत फेला
काठमाडौं : अमेरिकाको मेरिल्यान्डमा एक नेपाली मृत भेटिएका छन्।मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकसमेत रहेका उनी सन् २०१५ मा अमेरिका पुगेका थिए। मृतक प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्। उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ ।मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण्डारीले बताएका छन् ।

घरघरमा कुश भित्र्याएर कुशे औँसी मनाइँदै, बुवाको मुख हेर्ने दिन पनि आजै

घरघरमा कुश भित्र्याएर कुशे औँसी मनाइँदै, बुवाको मुख हेर्ने दिन पनि आजै
काठमाडौं :  प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल ...

डेंगु संक्रमणबाट चितवनमा एकजनाको मृत्यु

डेंगु संक्रमणबाट चितवनमा  एकजनाको मृत्यु
चितवन :  डेंगु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्। चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिए। उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा ...

गण्डकी गाउँपालिका वडा नम्बर २ को सेवा कार्यालय आँपटारमा स्थापना

गण्डकी गाउँपालिका वडा नम्बर २ को सेवा कार्यालय आँपटारमा स्थापना
गोरखा  : गण्डकी गाउँपालिका–२ स्थित पशुपति प्रजा प्रा।वि. आँपटारमा वडाको सेवा कार्यालय स्थापा गरेको छ ।गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ ले आज एक कार्यक्रमकाबिच सेवा कार्यालयको उद्घाटन गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी वडा नम्बर २ का वडाध्यक्ष याम बहादुर थापासहित जनप्रतिनिधि कर्मचारी र स्थानीयहरुको  उपस्थिति रहेको थियो ।  अब वडा नं २ को सेवाहरु हरेक महिनाको ५ गते, १५ गते र २५ गते गरि ३ दिन यस पशुपति प्रजा प्रा.वि.बाट...

नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन
मुग्लिन १६ भदौ:  रुख ढलेर अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएका थिए । अहिले रुख पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।  

सिमलतालमा बस र ट्रक ठोक्किदाँ केही यात्रु घाइते

सिमलतालमा बस र ट्रक ठोक्किदाँ केही यात्रु घाइते
चितवन :  नारायणगढ–मुग्लिन  सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक एकापसमा ठोक्किएको मुग्लिन प्रहरी प्रमुख प्रहरी निरिक्षक  निरला भण्डारीले जानकारी दिनुभयो । भण्डारीका  अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । तस्बिर : नर्बु गुरुङ्ग

गोरखाको गण्डकीमा सामूहिक रुपमा न्वागी मनाउँदै चेपाङ समुदाय

गोरखाको गण्डकीमा सामूहिक रुपमा न्वागी मनाउँदै चेपाङ समुदाय
मुग्लिन,१५ भदौ ।चेपाङ समुदायले छोनाम (न्वागी) पर्व सामूहिक रुपमा मनाउने भएका छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रुपमा हरेक वर्ष भदौ २२ गते छोनाम (न्वागी) पर्व मनाउने गर्दछन् । यस वर्ष जिल्लामा रहेका चेपाङ समुदायले सामूहिक रुपमा छोनाम पर्व मनाउने निर्णय भएको नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाडाँमा सामूहिक रुपमा न्वागी मनाउन लागिएको हो । चेपाङको बाहुल्यता रहेको चितवन, मकवानपुर,...

नेकपा एमाले इच्छाकामना ३ को अध्यक्षमा कमल ठकुरी

नेकपा एमाले इच्छाकामना ३ को अध्यक्षमा कमल ठकुरी
फिस्लिङ :  नेकपा एमाले  इच्छाकामना ३ को अध्यक्षमा कमल ठकुरी चयन हुनुभएको छ ।  शुक्रबार फिस्लिङमा सम्पन्न वडा अधिवेशनले ठकुरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । यसैबिच उपाध्यक्षमा तीर्थ कुमारी गुरुङ, सचिवमा कमला भुजेल, उपसचिवमा दुर्गा बहादुर गुरुङ र एन्जिला आले चयन भएका  छन् । नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सदस्य कृष्णभक्त पोखरेल,पार्टीका प्रदेश सदस्य तथा  बागमतीका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद ...

महिला भलिबल खेलाडीलाई जनही ३ लाख पुरस्कार वितरण

महिला भलिबल खेलाडीलाई जनही ३ लाख पुरस्कार वितरण
काठमाडौं :  ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख प्रदान गर्नुभएको हो ।  साथै  प्रधानमन्त्री ओलीले मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गर्न...

बिष्णु गुरुङद्वारा शहिदलखनका दुई अपाङ्ग बालबालिकालाई आर्थिक सहयोग

बिष्णु गुरुङद्वारा शहिदलखनका दुई अपाङ्ग बालबालिकालाई आर्थिक सहयोग
गोरखा :  शहिदलखन गाउँपालिका वडा नम्बर ५ भैसेपोल गोरखाका जन्मिदै अपाङ्ग रहेका दुई बालबालिकालाई सहयोग प्राप्त भएको छ । रत्नचोक पोखरा घर भई  हाल हङकङमा बस्दै आउनुभएका पर्वत क्लब हंङकङका टिम क्याप्टेन तथा समाजसेवी बिष्णु गुरुङले रु.२२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । एकै आमाका दुई सन्तान ११ र १२ बर्षिय दुई बालबालिका जन्मिदै अपाङ्गग छन्।  गुरुङले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम शहिदलखन ४ राईनासका युवा समाजसेवी लक्ष्मण काप्रीले घरमै पु...