कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा भएको तीजगीत प्रतियोगितामा इच्छाकामना त्रिवेणी कलाकेन्द्र मुग्लिनको समूह प्रथम भएको छ । आज भएको प्रतियोगितामा ११ टिमलाई पछि पार्दै कलाकेन्द्र प्रथम भएको हो । 457191151_3739713299602101_6870776314469487270_n.jpg

प्रथम भएसँगै इच्छाकामना त्रिवेणी कलाकेन्द्रले नगद २० हजार र प्रमाणपत्र पाएको छ भने प्रतियोगितामा दोस्रो भएको कर्तव्यनिष्ठ महिला समूह मुग्लिनले नगद १३ हजार ५ सय र प्रमाणपत्र पाएको छ ।

457632954_1039805497850553_6175312180331730048_n.jpg

यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल कुरिनटार प्रगती पाठशालाले नगद ९ हजार ५ सय र प्रमाणपत्र पाएको छ भने सान्त्वना हुने दुई वटा समूह हिमाल आमा समूह कुरिनटार र चेपाङ पैरवी मञ्च धुषाले जनही नगद ४ हजार र प्रमाणपत्र पाएको छ ।

457259395_547296194304190_678028304169027223_n.jpg

प्रतियोगितामा विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, विशिष्ट अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतले पुरस्कार प्रदान गरिएको थियो ।

457524467_1159348365173641_8412029619533821523_n.jpg

कार्यक्रमको अध्यक्षतामा गाउँपालिकाका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक माया सिलवालले गरेको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान चितवनका उपाध्यक्ष एवं लोकदोहोरी गायक उपेन्द्र देवकोटा, सदस्य एवं लोकदोहोरी गायीका सपना गुरुङ र चुड्का तथा सालैजो जस्ता मौलिक गीतका गायक पृथ्वी गुरुङ रहेका थिए ।