
कुरिनटार : इच्छाकामना साहित्य प्रवाह द्वारा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ति, इच्छाकामना साहित्य प्रवाहको मुखपत्र “ इच्छा–दर्पण“को दोस्रो अङ्क विमोचन,रचना वाचन, प्रवचन तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार कुरिनटार स्थित इच्छाकामना मन्दिरको सभा हलमा सम्पन्न भएको छ । सो कार्यक्रममा इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको अध्यक्षता तथा गाउँ पालिकाका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा नमबर नं.४ का अध्यक्ष रुद्रप्रसाद उप्रेती,वडा नम्बर नं.३का अध्यक्ष नरबहादुर नेपाल समेतको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा अक्षयकोष दाता तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको बाहुलीबाट अक्षयकोष दाता तथा साहित्यकारद्वय शिवराज शर्मा लामिछाने र राजेन्द्र लामालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने पण्डित यादवप्रसाद अधिकारीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
पुरस्कार वितरण अघि संस्थाका संरक्षक कृष्णप्रसाद पोखरेलबाट स्रष्टा परिचय राख्नुका साथै आफ्ना रचना वाचन गर्नुभएको थियो । प्रमुख अतिथि,विशिष्ट अतिथिको बाहुलीबाट इच्छादर्पण विमोचन पश्चात् उपस्थित सबैलाई वितरण गरिएको थियोे । त्यस पछि समालोचक तेजविलास अधिकारीबाट नव प्रकाशित कृति इच्छा दर्पण २ बारे समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।सोही क्रममा साहित्य प्रेमीहरूबाट आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।रचना वाचन गर्नेहरूमा सोनिमा पोखरेल, शिवप्रसाद पौडेल,रामजी त्रिपाठी हुनुहुन्थ्यो ।
विशिष्ट अतिथि रुद्रप्रसाद उप्रेतीबाट इच्छाकामना साहित्य प्रवाहको उन्नयनका लागि गाउँपालिका बाट गत वर्ष रु १,००००० एकलाख बराबरको फर्निचर उपलब्ध गराएको र सो फर्निचरलाई सुरक्षित साथ राख्न रामजी त्रिपाठीले निशुल्क कोठा उपलब्ध उपलब्ध गराएको र कार्यालय व्यवस्थापन नहुँदा सम्मका लागि इच्छाकामना मन्दिरको हलमा फर्निचर राख्ने व्यवस्था गरिएको धारणा राख्नुभएको थियो ।
त्यस्तै प्रमुख अतिथि दानबहादुर गुरुङबाट शुभकामना मन्तव्य राख्ने क्रममा हाम्रो इच्छाकामना गाउँपालिका भित्र धेरै संस्थाहरू खुलेको र सबै संस्थाहरू बाट सञ्चालनका लागि सहयोगको अपेक्षा राख्ने गरेको बताउँदै इच्छाकामना गाउँपालिका. भित्र जन्मिएको साहित्य संस्थालाई गत वर्ष इच्छा दर्पणको पहिलो अङ्क प्रकाशनमा पूर्ण सहयोग गरेको बताउँदै अब उप्रान्त पनि हर तहबाट सहयोग रहने सारगर्भित धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अन्तमा अध्यक्ष बाट यस साहित्य संस्थामा सहयोग गर्नुहुने सबैमा सधन्यवाद सहित सभा विसर्जन गर्नुभएको थियो । आजको कार्यक्रमका लागि साहित्य प्रेमी माधवप्रसाद खनालले खाजा प्रायोजन गर्नुभएको थियो ।
उपाध्यक्ष रामनाथ त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई इच्छाकामना साहित्यप्रवाहका सचिव शङ्करप्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो ।