विपद् प्रतिकार्य एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव छैन : महानिरीक्षक अर्याल
कुरिनटार : सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्यका लागि सरोकारवालाहरु सबैको शसक्त सहभागिता आवश्यक रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा सञ्चालित तीन दिने वेसिक लाइफ सर्पोट र प्राइमेरी ट्रमा केयर)तालिमको समापन समारोहमा महानिरीक्षक अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले सरोकारवालाहरु सबैको शसक्त सहभागी हुनुपर...









