बुट्टार : त्रिशूली नदी किनारमा  प्रथम गण्डकी महोत्सव सुरु भएको छ । संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा सुपर त्रिशूली हाइड्रो पावर सरोकार समतिको आयोजनामा  बिहिबारदेखि  महोत्सव सुरु भएको हो ।
महोत्सवको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटनगर्नुहुदैँ  सभामुख धितालले मेला महोत्सवलाई पुराना संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यम बनाउनुपर्ने बताउनुभयो । पुराना संस्कृतिहरु लोप हुदैँ गएकाले   मेला महोत्सवलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने माध्यम पनि बनाउनुपर्ने  बताउनुभएको हो ।
ंहाम्रा सास्कृतिहरु लोप हुदैँ गएकाले पुराना पुस्ताले प्राप्त गरेका ज्ञान सिपलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक छ । सभामुख धितालले भन्नुभयोे, “यस्ता मेला महोत्सवमार्फत नयाँ पुस्ता माझ पु¥याउने अवसर हुनसक्छ, त्यसैले मेला महोत्सवलाई संस्कृति नयाँ पुस्तामा पु¥याउने माध्यम बनाउनुपर्छ ।”
साथै उहाँले मेला महोत्सवले  स्थानीय उत्पादनलाई  बजार सम्म लैजान सहयोग पुग्ने  र  आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि   एउटा आधारको रुपमा विकास  हुने बताउनुभयो ।  साथै उहाँले यस क्षेत्रको विकास  लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकासँग समन्वय र छलफल गरि आवश्यक बजेटको व्यवस्था गरिने उहाँको भनाई छ ।
कार्यक्रममा वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण प्रसाद सिलवालले मेला महोत्सवमा स्थानीय उत्पादनले स्थान पाउनुपर्ने बताउनुभयो ।  मेला महोत्सवमा स्थानीयको पैसा  निश्चित व्यापारीहरुले लिएर जाने  अवस्थाको  अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।  स्थानीय उत्पादनलाई बजारीकरण गर्न यो महोत्सव सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक सुपर त्रिशूली हाइड्रो पावर सरोकार समितिका अध्यक्ष सिताराम विश्वकर्माले बताउनुभयो ।महोत्सव गर्ने तयारी भइरहेकै बेला  बाढी पहिरोले तहसनहस गरेपछि अन्यौलमा रहे पनि स्थानीयहरुको माग अनुसार महोत्सव तोकिएकै समया आयोजना गरिएको उहाँले  बताउनुभयो । महोत्सवलाई थप व्यवस्थित बनाइने बताउनुभयो ।
१७ गते सम्म चल्ने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरुको प्रतियोगिता,लाखे नाँच प्रतियोगिता,पञ्चेबाजा,चुड्का नाँच प्रतियोगिता, सिप मुलक शिक्षाको विषयमा वक्तृत्वकला, गण्डकी डान्स आइडल,भलिबल  लगायतक प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ।  साथै  प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुती समेत रहने छ ।
समुद्घाटन कार्यक्रममा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना,बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत मन्तव्य राख्नुभएको थियो ।
महोत्सवको संरक्षक  गण्डकी गाउँपालिका रहेको छ ।