बुट्टार  ः  गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा जारी  प्रथम गण्डकी महोत्सवमा  आज पनि विविध सांस्कृति कार्यक्रम हुने भएको छ । आज कलाकारहरु राजु परियार , मधु रसाइली,चन्द्र परियार बिमला सुनार, बसन्त श्रेष्ठ लगायतको   प्रस्तुती  रहने आयोजकले जनाएको छ । साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ । साथै आजदेखि  भलिबल प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ ।

संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा सुपर त्रिशूली हाइड्रो पावर सरोकार समतिको आयोजनामा  बिहिबारदेखि  महोत्सव सुरु भएको हो ।
महोत्सवको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । ।
१७ गते सम्म चल्ने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरुको प्रतियोगिता,लाखे नाँच प्रतियोगिता,पञ्चेबाजा,चुड्का नाँच प्रतियोगिता, सिप मुलक शिक्षाको विषयमा वक्तृत्वकला, गण्डकी डान्स आइडल,भलिबल  लगायतक प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ।  साथै  प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुती समेत रहने छ ।