चितवन, भदौ १७–
नेपाली कांग्रेस चितवनका सह-सचिव राजन कार्कीले १४ औं महाधिवेशनमा पनि जिल्ला सह-सचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । आज (विहिवार) भएको भरतपुर महानगरपालिका–११ को क्रियाशिल वडा भेलामा कार्कीले सह-सचिवमा उम्मेद्वारी घोषणा गरेका हुन् । भरतपुर ११ कार्कीको आफ्नो वडा हो। कार्की युवाहरुको लोकप्रिय नेता हुन् ।
उम्मेद्वार घोषणा गरेसंगै इच्छा खबर संग कुरा गर्दै महासमिति सदस्य समेत रहेका कार्कीले कार्यकर्ताको भावना अनुसार आफुले उम्मेद्वारी घोषणा गरेको बताए । उनले आफ्नै वडा भएकाले आजै उम्मेद्वारी घोषणा गरेको जानकारी दिए ।
उनले पार्टीमा आफुले लामो समय योगदान दिएको भन्दै नयाँ पुस्तालाई समेट्नका लागि पनि उम्मेद्वारी घोषणा गरेको बताए । उनले नयाँ र पुराना सबै पार्टी कार्यकर्ताको साथ आफुलाई भएको बताए । कार्की यसअघि विरेन्द्र बहुमुखी क्याम्पसको स्ववियू उपसभापति,कोषाध्यक्ष भएर काम गरिसकेका छन । उनले पार्टीको वडा,क्षेत्र र जिल्ला समितिमा समेत रहेर काम गरिसकेका छन । कार्की पार्टीका युवा कार्यकर्ता विच लोकप्रिय मानिन्छन ।
नेपाली कांग्रेसको निर्वाचन तालिका सार्वजनिक भएसंगै चितवनमा चुनावी माहोल सुरु भएको हो । निर्वाचन तालिका अनुसार यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जस अनुरुप असोज १० गते जिल्ला अधिवेशन हुँदैछ ।