इच्छाकामना ७ बाट ट्याक्टर र काठसहित तस्करमा संलग्न तीन जना पक्राउ
कुरिनटार: चितवनमा काठ तस्करमा सलग्न दुई जना पक्राउ परेका छन् । चितवनको इच्छाकामना ७ बाट काठ तस्करी गरिरहेको अवस्थामा काठ सहित पक्राउ परेका हुन् ।
डिभिजन बन कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा कालिकानगरपालिका २ का उदेश तामाङ,रत्ननगर नगरपालिका १२ सालघारीका शक्ति तामाङ र विशाल तामाङ रहेका छन् ।
शनिबार दिउँसो १ बजे इच्छाकामना ७, स्याङदी गाउँको अमृत चोकबाट बाघखोर सिमलढाप जाने बाटोमा रहेको कालिखोला घोलबाट ढुङ्गाले छोपी ४०.५८ क्युफिट सालको चिरान काठ लुकाई छिपाई लैजादैँ गरेको...






